आजदेखि साग आर्चरी, पाकिस्तान पनि नआउने

नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन्

जनसम्मत
मंसिर १९, २०७६, बिहीवार

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ ।

मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए ।

उनका अनुसार नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् । भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागी हुदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागी हुने भएका हुन् ।

प्रतियोगिता विहिबार बिहान करिब ८ः१५ बजे उद्घाटन पश्चात ¥याङकिङ राउण्ड शुरु हुने उपाध्यक्ष थकालीले बताए । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्प्रर्धा हुने भएको छ ।

त्यसैगरी, कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले ¥याङकिङ गर्ने भएको छ ।

विश्व आर्चरी महासंघबाट प्रतिवन्ध (सस्पेन्स) भएको भारत १३ औं सागमा सहभागी नहुने भएको छ । अन्तिम समयमा आएर दबाबका बाबजुद दर्ता भएको भारतको आर्चरीको टिमलाई सागमा सहभागी नगराउने साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले निर्णय गरेको हो ।
राखेपसँग आर्चरी प्रशिक्षण मैदानको लागि रकम माग गर्दा समेत नदिएकोले हाल आफूहरुलाई प्रशिक्षण मैदानको अभावमा खेलस्थलबाटै प्रशिक्षण हुने प्रबन्ध गरेको आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए ।

पोखराको क्रिकेट मैदानमा आर्चरीको प्रशिक्षण हुने तयारी गरिरहेको अवस्थामा महिला क्रिकेट भएसँगै आर्चरीलाई प्रशिक्षणको लागि ठाउँ अभाव भएको हो । पोखरामा आर्चरी यही मंसिरको २३ गतेसम्म हुने भएको खेलाडी योगेन्द्र शेरचनले बताए ।

उनका अनुसार २२ र २३ गते पदकको लागि फाइनल खेल हुन्छ भने अन्य दिनमा विभिन्न चरणमा प्रतिस्पर्धा हुनेछ । सहभागी देशका खेलाडीहरुले बुधबार प्रतियोगिता स्थल तथा प्रशिक्षण मैदानमा पुगेर प्रशिक्षण समेत गरेका छन् ।