पोखरामा साग खेलकुदको आर्चरी सुरु

पाकिस्तान आर्चरी खेलमा सहभागी नभएपछि बिहीबार अभ्यास वार्म–अपका खेल भएका छन्

जनसम्मत
मंसिर २०, २०७६, शुक्रबार

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बिहीबारदेखि पोखरामा आर्चरी खेल शुरु भएको छ ।

पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि बिहीबार उक्त खेलको उद्घाटनसहित अभ्यास खेल सुरु गरिएको हो ।

पाकिस्तानले अन्तिम अबस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नभएपछि बिहीबार अभ्यास वार्म–अपका खेल भएको नेपाल आर्चरी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए ।

मंसिरको २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औं साग स्थानीय व्यबस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेश सांसद मोहन रेग्मीले गरेका हु्न् ।

रेग्मीले पोखरामा साग हुनुले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । पोखरामा हुने साग अन्तर्गतका खेलहरु भव्य रुपमा सम्पन्न गर्न सवैमा सांसद रेग्मीले आब्हन समेत गरेका छन् । नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बिहीबारदेखि ¥याङ्किङ राउण्ड सुरु हुनु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकोले शुक्रबारदेखि ¥याङ्किङ राउण्ड सुरु हुने बरिष्ठ उपाध्यक्ष थकालीले बताए ।

प्रतियोगितामा नेपालसहित भुटान, श्रीलंका र बंगलादेश सहभागी भएका छन् । भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागी हुँदैछन भने अन्य तीन देशका १६÷१६ जना खेलाडीहरु सहभागी हुने भएका छन्् । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी ५ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको छ ।

त्यसैगरी, कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ गरी ५ स्वर्ण गरी जम्मा १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने भएका हुन् । यस प्रतियोगितामा सहभागी खेलाडीहरुको विश्व आर्चरी महासंघले ¥याङ्किङ गर्ने भएको हो ।