साग बिच भलिबलमा नेपालको खराब प्रदर्शन

बिच भलिबल प्रतियोगितामा नेपाली दुवै टोली पराजित बनेको छ

जनसम्मत
मंसिर २०, २०७६, शुक्रबार

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत बिच भलिबल प्रतियोगितामा नेपाली दुवै टोली पराजित बनेको छ ।

फेवाताल किनारमा पहिलो पटक आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडी पहिलो खेलमा पाकिस्तानका जार्सनाब खान र अफाग खानको जोडीसँग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित भए । लिगको दोस्रो खेलमा श्रेष्ठ र सुनारकै जोडी श्रीलंकन इन्डिका थिरोन र जायन सनुजाको जोडीसँग २१–१६, २१–१८ को सोझो सेटमा पराजित भए ।

यसैगरी, दोस्रो टोलीको रुपमा कोर्टमा उत्रिएको सन्जुविक्रम शाह र राजु विकको जोडी पनि पाकिस्तानी राज्जाक मोहम्मद र वासिन महम्मदको जोडीसँग १४–२१, १५–२१ को सेटमा पराजित भए । सञ्जु र राजुको जोडी दोस्रो खेल खेल्ने क्रममा श्रीलंकन जोडी असान्का प्रदीप र असिन कुमाराको जोडीसँग ९–२१, ११–२१ को सोझो सेटमा पराजित हुन पुगे ।