पौडीमा गौरिका, एलेक्जेन्डर र डुवानाको नयाँ कीर्तिमान

सागको ३५ वर्ष लामो इतिहासमा एकल स्पर्धामा स्वर्ण जित्ने इतिहास बनाएकी छिन्

जनसम्मत
मंसिर २०, २०७६, शुक्रबार

पोखरा । दक्षिण एसियाली खेलकुद साग खेलकुदको पौडीमा नेपाललाई गौरीका सिंहले ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् ।

सागको ३५ वर्ष लामो इतिहासमा एकल स्पर्धामा स्वर्ण जित्ने इतिहास बनाएकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले स्वर्ण जितिन ।

उनले ब्यक्तिग २०० मिटर फ्रिस्टाइल भारतीय खेलाडीलाई हराउँदै साग खेलकुदको पौडीमा नयाँ इतिहास बनाएकी हुन् । उनले निर्धारित दुरी दुई मिनेट शुन्य पाँच दशमलव शुन्य ६ सेकेण्डमा पुरा गरिन् । दोस्रो स्थानमा भारतकी सिंवागी शर्मा रहिन् । उनले दुई मिनेट ०७ दशमलव १९ सेकेण्डमा दुरी पूरा गरिन ।

त्यस्तै, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा थप नेपालका दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपालका पौडीबाज एलेक्जेन्डर शाह र डुवाना लामाले राष्ट्रिय कीर्तिमान बनाएका हुन् । पुरुष २ सय मिटर फ्रिस्टाइल तर्फ एलेक्जेन्डरले २ मिनेट ०२.३० सेकेण्डको समयमा पार गर्दैराष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले शिरिष गुरुङको २ मिनेट ०६.३५ सेकेण्डको कीर्तिमानी तोडेका हुन् ।

यस्तै महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा डुवानाले आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन् । डुवानाले २ मिनेट ४८.५७ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएकी हुन् । डुवनाले नेपालगंजमा भएको आठौं राष्ट्रिय खेलकुदमा २ मिनेट ५५.०९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।