ह्याट्रिकसँगै फुटबलमा नयाँ रेकर्ड बनाएपछि कीर्तिमानी साबित्रा भण्डारी ‘साम्बा’

‘साम्बा’ले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक ३८ गोलको कीर्तिमान बनाएकी छन्

जनसम्मत
मंसिर २०, २०७६, शुक्रबार

पोखरा । नेपाली महिला फुटबलकी स्टार साबित्रा भण्डारी ‘साम्बा’ले अन्तराष्ट्रिय फुटबलमा नयाँ कीर्तिमान बनाएकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगत पोखरामा भएको महिला फुटबलमा नेपाली स्ट्राइकर ‘साम्बा’ले नयाँ रेकर्ड बनाएकी हुन् ।
पोखरा रंगशालामा बिहीबार भएको माल्दिभ्सबिरुद्धको खेलको पहिलो हाफमा ह्याट्रिक गर्दै सर्वाधिक ३८ गोलको कीर्तिमान बनाएकी हुन् ।

यसअघि अनु लामा र उनकै नाममा ३५ गोलको समान रेकर्ड थियो । माल्दिभ्समाथि उनले १६, २० र अतिरिक्त समयको ९० प्लस २ मिनेटमा गोल गरेकी थिइन् ।

 

तस्वीर : सुदर्शन रञ्जित