साग ह्याण्डबलमा पहिलो पटक नेपालको मेडल टच

भारत र पाकिस्तानलाई स्वर्ण, भारतलाई रजत, बंगलादेश र श्रीलंकालाई कांस्य

नारायण शाही
मंसिर २२, २०७६, आइतबार

पोखरा । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबल खेलमा नेपालले पहिलो पटक पदक हात पारेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा भएको ह्याण्डबलको फाइनलमा नेपालले रजत हात पारेको हो ।

स्वर्ण पदकका फाइनल खेलेको नेपाली महिला ह्याण्डबल टोली भारतसँग हारेपनि नेपाललाई रजत पदक दिलाएको हो । रजत पदक जितेसँगै ह्याण्डबलमा नेपालको मेडल टच गर्ने सपना पूरा भएको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलमा आयोजक नेपाललाई ३५–२१ ले हराउँदै भारतले स्वर्ण जित्न सफल भएको छ । योसँगै भारतले उपाधि रक्षा समेत गरेको हो । भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो ।

भारतको गुहावटीमा भएको १२ औं संस्करणबाट मात्र महिला ह्याण्डबल खेल समावेश थियो । उक्त संस्करणमा नेपालले कास्य पदक समेत गुमाएको थियो । बंगलादेशसँग सेमिफाइनलमा हारेको नेपालले तेस्रो स्थानको लागि पाकिस्तानसँग हार्दै कास्य पदक समेत गुमाएको थियो ।
सागको इतिहासमै बंगलादेशको ढाकामा भएको ११ औं संस्करणको सागदेखि ह्याण्डबल खेलले प्रवेश पाएको थियो । त्यस संस्करणमा पुरुषको ह्याण्डबल टोलीले मात्रै साग खेलकुदमा सहभागिता जनाएको थियो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलको दर्शक दिर्घामा खचाखच भरिएको घरेलु दर्शकको चर्को हुटिङका बीच पनि नेपाली टोलीले भारतविरुद्व जित निकाल्न सकेन । खेलको सुरुवाती २० सेकेण्डमै मेनिकाको गोलबाट भारतले अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमै नेपालकी आइताल्हामु शेर्पाले गोलको खाता खोल्दै टोलीलाई १–१ को बराबरीमा पु¥याइन् ।

दोस्रो मिनेटमा पुनः मेनिकाले नै दोस्रो गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन् । तेस्रो मिनेटमा नेपालकी उमा राईले पेनाल्टीबाट दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा पु¥याइन् । भारतले १९–८ को अग्रतामा पहिलो हाफ सक्दा दोस्रो हाफमा १६ गोल थप्न सफल रह्यो । नेपालले भने दोस्रो हाफमा १३ गोल मात्रै थप्यो ।

स्वर्ण विजेता भारतका लागि मेनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीकालागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १/१ गोल जोडे ।

यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन् । कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् । निषा राई र उमा राईले समान ३÷३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १/१ गोल थपे ।

स्वर्ण विजेता भारतका मेनिका र दीपशिखालाई रेफ्रीले पहेंलो कार्ड दिएको थियो । यता, नेपालको आइताल्हामु शेर्पा, उमा राई र प्रशिक्षक जोआ फ्लोरेन्यिो समेतलाई रेफ्रीले पहेंलो कार्ड देखाएको थियो ।

महिला ह्याण्डबलमा बंगलादेशले कांस्य पदक जितेको छ । आइतबार विहान भएको तेस्रो स्थानको पहिलो खेलमा पाकिस्तामाथि ३१–१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कांस्य पदक जितेको हो ।

भारतको गुहावटीमा भएको १२ औं सागको उपविजेता बंगलादेशले पाकिस्तानमाथि यस संस्करणको सागमा सहज जित निकालेको थियो । १२ औं सागको महिलातर्फको ह्याण्डबलमा पाकिस्तान कास्य पदक बिजेता हो ।

बंगलादेशका लागि मोसम्मत रुबिना बेगमले सर्वाधिक ९ गोलको योगदान दिइन् । पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक ५ गोल गरिन् ।

भारतलाई रजत, बंगलादेश र श्रीलंकालाई कांस्य

 

साग खेलकुदकै पुरुषतर्फ भने पाकिस्तानले दोस्रो स्वर्ण जितेको छ । आइतबार नै भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोलको रोचक जित हात पार्दै पाकिस्तानले सागमा दोस्रो स्वर्ण जितेको हो । भारतले भने उपविजेता बन्दै रजत पदक जितेको छ ।

बंगलादेशमा भएको ११ औं सागबाट समावेश भएको ह्याण्डबलमा पाकिस्तानले पुरुषतर्फको पहिलो स्वर्ण जितेको थियो । भारतकै गुहावटीमा भएको १२ औं संस्करणको सागमा भने भारतले स्वर्ण जितेको थियो । पाकिस्तान उपविजेता बन्दै रजत पदकमा सीमित बनेको थियो ।

विजेता पाकिस्तानका लागि मोहम्मद मुजामल हुसेनले सर्वाधिक ६ गोलको योगदान दिए । हजरत हुसेनले टोलीका लागि ५ गोल थपे । इमरान खानले टोलीका लागि ४ गोल जोडे । असिम सइद र मोहम्मद जुबेरले समान ३/३ गोलको योगदान गरे । नासिर हुसेन र मोहम्मद सहिद बसिरले समान २÷२ गोलको थपे । नामिद उर रहमान र असिफ हायातले समान १/१ गोल गरे ।

भारतका नविन सिंहले सर्वाधिक ८ गोलको योगदान दिए । दिपक अहलावत, अंकित र रमेश चन्दले समान ५/५ गोल जोडे । दिनेशले टोलीका लागि ४ गोल थपे । करमजित सिंह र ह्याप्पीले टोलीका लागि समान १/१ गोल गरे ।

१३ औं साग खेलकुद अन्तर्गत पुरुष ह्याण्डबलतर्फ श्रीलंकाले कांस्य पदक जितेको छ । आइतबार नै पुरुष ह्याण्डबलतर्फको तेस्रो स्थानका लागि भएको खेलमाश्रीलंकाले बंगलादेशमाथि २६–२३ गोलको नतिजा निकाल्दै कांस्य पदक जितेको हो ।

श्रीलंकाको तर्फबाट नवरथ्ना मुदियान्सेलागे र प्रभात माडुसले सर्वाधिक समान ५÷५ गोल गरे । बंगलादेशको तर्फबाट अवाल रुबोलले सर्वाधिक ५ गोलको योगदान गरे ।

गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री किरण गुरुङ र एसियाली ह्याण्डबल संघका महासचिव सफिक मोहम्मद हुसेन, सेफ दि मिसन पोखराका तेजबहादुर गुरुङलगायतले विजयी खेलाडीहरुलाई पदक वितरण गरे ।