सागमै गौरिकाले ऐतिहासिक ४ स्वर्ण जितिन्

गौरिकाले साग खेलकुदको एउटै संस्करणमा ४ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेकी छन्

नारायण शाही
मंसिर २४, २०७६, मंगलवार

पोखरा । नेपालकी गौरिका सिंहले सनसनी यस संस्करण दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पौडीमा सनसनी मच्चाइन् ।

गौरिका साग खेलकुदको एउटै संस्करणमा ४ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् ।

ललितपुरको हिटिङ सिस्टमको पौडी पोखरीमा सोमबार भएको महिलाहरुको १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले ५८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण पदक जितिन् ।

यस स्पर्धामा भारतकी शिवांगी शर्माले ५८ दशमलव १५ सेकेण्डमा दूरी छिचोल्दै रजत र भारतकै एन्नी जैनले ५९ दशमलव ०४ सेकेण्डमा पूरा गरी कांस्य पदक जितिन् ।

यसअघि, गौरिकाले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रि–स्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जिति सकेकी छन् ।
लामो समय बेलायत बसेर पौडी प्रशिक्षण लिदै आएकी गौरिकाले यसअघि भारतमा सम्पन्न १२ औं सागमा पनि बिभिन्न स्पर्धामा नेपाललाई रजत पदक दिलाएकी थिइन ।

रियो ओलम्पिकमा सहभागी खेलाडीमध्ये विश्वकै कान्छी खेलाडीको रुपमा नाम लेखाएर विश्वभर नेपाल चिनाएकी गौरिका रियो ओलम्पिकमा सहभागी हुँदा १३ बर्षकी मात्रै थिइन् ।