सागको जुडोमा पुनमले राष्ट्रलाई थप स्वर्ण दिलाइन्

जनसम्मत
मंसिर २४, २०७६, मंगलवार

पोखरा । १३ औं साग अन्तर्गत जुडोमा पुनम श्रेष्ठले अर्को स्वर्ण पदक दिलाएकी छन् ।

यससँगै १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत जुडोमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ ।

पुनमले महिलाको ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खातुमलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन् । पुनमले खातुमलाई नकआउटमै हराएकी थिइन् ।

पुनमले यसअघि भारतकी नवनित कौरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी थिइन् । नेपालले जुडोमा दोस्रो स्वर्ण जितेको हो ।

यसअघि, यसै संस्करणको साग जुडोमा नेपाललाई देविका खड्काले ५२ केजी मुनिको तौल समूहको खेलमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् ।