नेपाल फुटबलको साग च्याम्पियन

लगातार दुई सागको स्वर्ण जितेको नेपालले पुरुष फुटबलमा उपाधि रक्षा समेत गरेको छ

जनसम्मत
मंसिर २५, २०७६, बुधबार

पोखरा । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपाल च्याम्पियन बनेको छ ।

च्याम्पियन बनेसँगै नेपालले यस संस्करणको स्वर्ण पदक जितेको छ । फाइनलमा भुटानमाथि २–१ गोलले जित निकाल्दै नेपालले स्वर्ण स्वर्ण हात पारेको हो ।

लगातार दुई सागको स्वर्ण जितेको नेपालले पुरुष फुटबलमा उपाधि रक्षा समेत गरेको छ । यसअघि २०१६ मा भएको अघिल्लो सागको संस्करणको उपाधि समेत नेपालले भारतलाई पराजित गर्दै जितेको थियो । नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुग्दा चौथो पटक स्वर्ण जित्न सफल बनेको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमै सुरुवाती गोलको अग्रता लिएको थियो । अभिषेक रिजालले नेपालका लागि सुरुवाती गोल गरेका थिए । यस संस्करणको प्रतियोगितामा अभिशेखको यो तेस्रो गोल हो ।

भुटानका चेन्चो ग्याल्त्सेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काए । त्यसपछिको खेल निकै प्रतिस्पर्धात्मक बन्यो ।

नेपालका सुनिल बलले खेलको ५३ औं मिनेटमा दोस्रो गोल गरेर पुनः नेपाललाई निर्णायक जित दिलाए । नेपालले लिग चरणमै भुटानलाई ४–० गोलले पराजित गरेको थियो । त्यसबेला पुरुष फुटबलको हारमा पनि भुटानले ऐतिहासिक रजत जित्न सफल भएको छ । जारी सागमा भुटानको लागि यो पहिलो रजत पदक थियो । सागको पुरुष फुटबलमा भुटानले रजत जितेको पनि यो पहिलो पटक हो । पुरुष फुटबलमा नेपाल मात्र अपराजित एक्लो टिम बन्यो ।

यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो । सन् २०१९ को सागमा पनि नेपाल स्वर्ण जित्न सफल बनेको थियो । चारपटक साग जितेसँगै नेपालले सर्वाधिक साग जित्ने बंगलादेशसँग बराबरी गरेको छ ।

नेपाल बाहेक १९८५ मा भारत, १९८७ मा भारत, १९८९ मा पाकिस्तान, १९९१ मा पाकिस्तान, १९९५ मा भारत १९९९ मा बंगलादेश, २००४ मा पाकिस्तान यू–२३, २००६ मा पाकिस्तान यू–२३, २०१० मा बंगलादेश यू–२३ ले सागको पुरुष फुटबलमा स्वर्ण जितेको थियो ।