यू–१९ महिला टोलीले बहराइनसँग मैत्रीपूर्ण फुटबल खेल्दै

पहिलो मैत्रीपूर्ण खेल शनिबार हुनेछ, अर्को खेल सोमबार हुने तालिकामा उल्लेख छ

जनसम्मत
मंसिर २५, २०७६, बुधबार

पोखरा । नेपालको राष्ट्रिय यू–१९ महिला फुटबल टोलीले बहराइनसँग मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।

एएफसी यू–१९ च्याम्पियनसीपको छनोट खेलेको नेपालले बहराइनको यू–१९ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

बहराईनमा हुने मैत्रीपूर्ण खेल कम्तिमा दुई वटा हुनेछन् । बराइनसँग नेपाली टोलीले तीनवटासम्म मैत्रीपूर्ण खेल खेल्ने संभावना छ । यसका लागि कुराकानी भइरहेको प्रशिक्षक हरिओम श्रेष्ठले जनाएका छन् । नेपाली टिम बहराइनतर्फ शुक्रबार प्रस्थान गर्नेछ ।

पहिलो मैत्रीपूर्ण खेल शनिबार हुनेछ । अर्को खेल सोमबार हुने तालिकामा उल्लेख छ । यसअघि, नेपालले एएफसी यू–१९ च्याम्पियनसीपको दोस्रो चरण खेलेको थियो ।

बहराइनसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने सूचीबाट त्रिभुवन आर्मी क्लबले आफ्ना खेलाडीको नाम काटेको छ । आर्मीले नजिकिदै गरेको प्रधानसेनापति कप महिला फुटबलको तयारीमा रहेका आफ्ना खेलाडीलाई बहराइन जानबाट रोकेको हो ।

यू–१९ महिला टिममा आर्मीबाट ४ खेलाडी छन् । गोलरक्षक अन्जना रानामगर डिफेन्डर पूजा रानामगर तथा बिमल विश्वकर्मा र स्ट्राइकर रश्मीकुमारी घिर्सिङलाई बहराइन जानबाट आर्मीले रोक्ने भएको हो ।