२१ चैतमा चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । हाँस्य कलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यु गरेको नेपाली चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति सरेको छ ।

यसअघि, चैतको ७ गते प्रदर्शन मिति घोषणा भएको चलचित्रको प्रदर्शन मिति सरेर २१ चैत पुगेको छ ।

किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् ।

चलचित्रमा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियङ्का कार्की, राजाराम पौडेल, सलोन बस्नेतलगायतको अभिनय रहेको छ । केही पाका उमेरका मानिसहरुको कथामा आधारित ‘लक्का जवान’ बनेको हो ।