विद्या भट्टराईले लिइन् पद तथा गोपनियताको सपथ

तीन वर्षे अवधिमा विकास निर्माणमा अपूर्ण रहेका कामहरु पूरा गर्ने विद्या भट्टराईको प्रतिवद्धता

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ बिजयी प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले मंगलवार संसद सचिवालयमा एक कार्यक्रमकाबीच भट्टराईलाई शपथ गराएकी हुन् । नेपालको संसदीय इतिहासमा उपसभामुखबाट शपथ गराइएको यो पहिलो पटक भएको बताइएको छ ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङ समेत सपथग्रहण कार्यक्रममा उपस्थित थिए । सांसद भट्टराईले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका काम पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

तीन वर्षे अवधिमा विकास निर्माणमा अपूर्ण रहेका कामहरु पूरा गर्ने प्रतिवद्धता उनले व्यक्त गरेकी छन् । यी काम तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनतामाझ गरेको छु, भट्टराईले भनिन् ।

भट्टराई नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रवीन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो ।