ए डिभिजन लिगमा विभागीय आर्मीको विजयी शुरुवात

फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान १/१ गोल गरे । फ्रेन्ड्सका शक्ति राईले १ गोल फर्काए । आर्मीले खेलको तेस्रो मिनेटमै नवयुगको गोलबाट अग्रता लिएको थियो ।

खेलको ५० औं मिनेटमा शक्तिले गोल गर्दै फ्रेन्ड्सलाई खेललाई बराबरीमा पु¥याए । शक्तिले आर्मीका गोलरक्षक र एक डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए ।

खेलको ८१ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । यू–१९ टिमका सदस्य दिनेशले कप्तान भरत खवासले कर्नरबाट मिलाएको बललाई डी–बक्स भित्रबाट जाली चुमाएका थिए । जितसँगै आर्मीले पहिलो खेलमै ३ अंक जोडेको छ । गत सिजन आर्मीले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको थियो ।