एक ओभरको एलिमिनेटरमा बुटवलको जित

काठमाडौंको लगातार दोस्रो हार, निर्धारित २० ओभरमा दुवै टोलीले समान १४० रनको स्कोर तयार गरेपछि नजिताको लागि १ ओभर एलिमिनेटर खेलिएको थियो, हर्स टंक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भए

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । बुटवल ब्लाटर्सले काठमाडौं गोल्डेन्सलाई सोमबार पराजित गर्न १ ओभरको एलिमिनेटर खेल्यो ।

खेल निर्धारित २० ओभरमा दुवै टोलीले समान १४० रनको स्कोर तयार गरेपछि नजिताको लागि १ ओभर एलिमिनेटर खेलिएको थियो ।

एक ओभरमा बुटवल व्लार्टसले १२ रन बनाएको थियो । हर्स टंकले २ चौकासहित १२ रन बनायो । जवाफी व्याटिङ गरेको काठमाडौं भने २ रन बनायो । एक विकेट गुमायो । अविनाश बोहोराले स्ट्राइकमा रहेका ज्ञानेन्द्र कप्तान मल्ललाई आउट गरे । उनले १ ओभरमा २ रन मात्रै खर्चिए । त्यसपछि, बुटवलले जित आत्मसात ग¥यो ।

अन्तिम बलमा जितको लागि १ रन चाहिएको अवस्थामा बुटबल ब्लाटर्सका विपिन खत्री आउट भएपछि सम्भावित जित नजिक पुगेर काठमाडौं गोल्डेन वारियर्ससँग बराबरी (टाई) हुन पुगेको थियो । काठमाडौंले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बुटबल ७ विकेटको क्षतिमा पुरै ओभर खेल्दै १ सय ४० रन बनाएपछि खेल बराबरी (टाई) हुन पुग्यो ।

पवन सर्राफको बलमा खत्री आउट भएपछि खेल टाई हुन पुग्यो । अन्तिम ओभरको अन्तिम बलमा खत्री जे. कोल्सावालले स्टम्पिङ आउट गरेपछि खेल टाई भएको थियो । निकै रोमाञ्चक खेलमा जित नजिक पुगेर बुटवल भने अन्त्यमा अंक बाड्न विवश भयो ।

टस हारेर व्याटिङ गरेको काठमाडौंले पोखराको मैदानमा सोमबार ६ विकेटको क्षतिमा १ सय ४० रनको स्कोर खडा ग¥यो । जें कोल्सावालले २८ रनको महत्वपूर्ण शुरुवाती गरे । उनलाई सुवास खकुरेलले १५ रन बनाउँदै साथ दिएका थिए । खकुरेल रन आउटको शिकार भएपछि जेवाई तोमर क्रिजमा आए ।

उनी पनि एक रनमै रन आउट हुदैं पभेलियन फर्किएपछि काठमाडौंको इनिङलाई कप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्न खोजे । मल्ल पनि व्यक्तिगत १५ रनमै आउट भएपछि आएका अदिल खानले २३ रन हिर्काए । उनले १५ बल खेल्दै १ चौका र १ छक्का हिर्काएका थिए । पवन सर्राफले महत्वपूर्ण इनिङ्स खेल्ने क्रममा ३७ रन बनाए । २१ बल खेल्दै उनले ३ चौका र दुई छक्का व्याट्बाटै ठोके । अमरसिंह राउटेलाले सर्राफसँगै नटआउट रहदै १४ रन बनाए ।

१ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवल ब्लाटर्सलाई एच. टंकले उत्कृष्ठ व्याटिङ गर्दै ४५ रन बनाउँदै सम्भावित जितको आधार तयार बनाए । उनले २९ बल खेले । ३ चौका र ३ छक्का हिर्काए । उनी आउट हुनुभन्दा अघि एस.रानाले २० रन बनाई आउट भए । बुटवलका विकेट किपर शिवम सिंहले ३३ रन बनाई नटआउट रहे । २१ बल खेलेका सिंहले २ चौका र ३ छक्का हिर्काउँदै जित नजिक पु¥याए ।

हरिबहादुर चौहानलाई बुटवलले दुईबलमै शून्य रनमा पेभेलियन फर्काएपछि क्रिजमा आएका विपिन खत्री पनि विना रन स्टम्पिङ आउट भए । खत्रीले केवल ३ बलको सामना गरे ।

ओभरको अन्तिम बलमा जितको लागि १ रन मात्रै चाहिएको अवस्थामा उनी आउट भएपछि खेल बराबरीमै टुंगियो । काठमाडौंका सुशान्त भारी र सुबोध भाटीले समान २/२ विकेट लिए । हर्स टंक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भए ।