प्रधान सेनापति महिला फुटबलमा भुटानको जित

लगनखेलस्थित आर्मीको खेल मैदानमा भएको खेलमा भुटानको जितमा छिरिङ याङ्दुले ह्याट्रिक गर्न सफल भइन्

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । सातौं प्रधान सेनापति कप महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भुटानको राष्ट्रिय महिला टोलीले प्रदेशलाई ५–० ले हराएको छ ।

लगनखेलस्थित आर्मीको खेल मैदानमा भएको खेलमा भुटानको जितमा छिरिङ याङ्दुले ह्याट्रिक गर्न सफल भइन् ।

भुटानको राष्ट्रिय टिमबाट खेल्ने खेलाडी नै समावेश भएको यो टिमका लागि खेलको १९ औं मिनेटमा छिरिङले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसपछि, छिरिङले नै २४ औं मिनेटमा गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाइन् ।

भुटानविरुद्ध कमजोर प्रदर्शन गरेको प्रदेश ५ पहिलो हाफमा दुई शून्यले पछाडी रहेको थियो । दोस्रो हाफमा भुटानले एक गोल थप्न प्रदेश पाँच असफल बन्यो । ५१ औं मिनेटमा छिरिङले ब्यक्तिगत ह्याट्रिक पुरा गरिन् । टिमका लागि तेहरो अग्रता दिलाइन् ।

प्रतियोगितामा बुधबार दुई खेल हुनेछ । दिनको २ बजे प्रदेश १ एपीएफ तथा अर्काे खेलमा सिक्किम आयोजक त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।