प्रधान सेनापति कपमा एपीएफ र आर्मीको जित

एपीएफको जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले ४ गरिन्, अनिता बस्नेतले ह्याट्रिक गरिन्

जनसम्मत
पौष ३, २०७६, बिहीवार

पोखरा । राजधानीमा जारी प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपाधिको दावेदार एपीएफ क्लवले प्रदेश १ लाई ९–० गोलले हराएको छ ।

एपीएफको जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले ४ गरिन् । अनिता बस्नेतले ह्याट्रिक गरिन् ।

लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपीएफले सुरुवातदेखि अन्त्यसम्म प्रदेश १ माथि लगातार गोल ग¥यो । खेलको पाँचौ मिनेटमा पहिलो गोल गरेको एपीएफले इन्जुरी समयसम्म गोल बर्षायो ।

खेलको पाँचौ मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । लगत्तै, अनिता बस्नेतले लगातार २ गोल गर्दै टिमको अन्तर ३–० मा पु¥याइन् । उनले खेलको १६ औं र २१ औं मिनेटमा गोल गरेकी थिइन् ।

खेलको ४० औं मिनेटमा रेनुका नगरकोटीको गोलमा एपीएफले ४–० को अग्रता बनायो । पहिलो हाफमा ४ गोल गरेको एपीएफले दोस्रो हाफमा ५ गोल थप्यो । ४८ औं मिनेटमा अनु लामाले गोल गरिन् । त्यसपछि सावित्रा भण्डारी ‘साम्बा’ले लगातार ३ गोल थपिन । जसमा उनले ६२ औं, ६५ औं, ७७ औं मिनेटमा गोल गरिन् ।

यसका साथै उनले आफ्ना ह्याट्रिक पनि पुरा गरिन् । खेलको इन्जुरी समयमा अनिताले गोल गरेपछि ब्यक्तिगत ह्याट्रिक पुरा गरिन । आफ्नो दोस्रो खेलमा एपीएफले ९–० को जित दर्ता ग¥यो ।

अर्को खेलमा आर्मीले पश्चिमाञ्चललाई १०–० ले हरायो । उसको जितमा रश्मी घिर्सिङले ४ तथा सर्मिला थापा र सपना लामाले टोलीका लागि समान २÷२ गोल थपे । यस्तै, अञ्जली वाइबा, दिपा राईले टोलीका लागि समान १÷१ गोलको योगदान गरे ।