ए डिभिजन लिगमा मच्छिन्द्र र च्यासलले बराबरी खेल्यो

ब्रिगेड ब्वाइज क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि २–० को रोमाञ्चक जित निकालेको छ

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा । मच्छिन्द्र र च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बारबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सुक्रबार भएको खेलमा मच्छिन्द्र र च्यासलले १–१ गोलको बराबरी खेले । खेलमा सुरुवाती अग्रता च्यासलले लिएको थियो । २८ औं मिनेटमा सन्तोस साहुखलले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

यससँगै सन्तोसले घरेलु लिगमा ९९ गोल पूरा गरेका छन् । सन्तोस लिग फुटबलका सर्वाधिक गोलकर्ता समेत हुन् । मच्छिन्द्रले ८८ औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।

मच्छिन्द्रका लागि देवेन्द्र तामाङले बराबरी गोल गरे । उनले डिबक्सभित्र च्यासलका रक्षकको गल्तीलाई सदुपयोग गर्दै गोल गरेका थिए । शुक्रबार च्यासलले दुईजना जापानी खेलाडी उतारेको थियो । बराबरीसँगै च्यासल र मच्छिन्द्रले समान १/१ अंक बाँडेका छन् ।

बीबीसीको पहिलो जित

ब्रिगेड ब्वाइज क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि २–० को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बीबीसीको जितमा रोशन रानामगर र जय गुरूङले १/१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा जय गुरुङले गोल गर्दै बीबीसीलाई अग्रता दिलाए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा रोशन रानामगरको गोलमार्फत बीबीसीले २–० को जित दर्ता ग¥यो । बीबीसी पहिलो खेलमा मछिन्द्रसँग २–० ले हारेको थियो । फ्रेन्ड्सको यो लगातार दोस्रो हार हो ।