विभागीय डर्बीमा एपीएफको जित

आयोजक आर्मीलाई एपीएफले ४–२ ले हराएको हो

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा । राजधानीमा जारी प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि सशस्त्र प्रहरी बलको एपीएफले जित निकालेको छ ।

आयोजक आर्मीलाई एपीएफले ४–२ ले हराएको हो । जितसँगै नेपाल एपीएफ क्लबसमुह ‘ए’ बाट बिजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

एपीएफले ३ खेलबाट ९ अंक जोडेको छ । एपीएफसँग पराजित भएपनि आर्मी समुह उपविजेताका रूपमा अन्तिम चारमा पुग्न सफल भयो ।
लगनखेलस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारीले २ तथा कप्तान अनु लामा र अनिता बस्नेतले १/१ गोल गरिन् ।

आर्मीकी बिमला चौधरी र रश्मीकुमारी घिर्सिङले गोल गरेपनि हार टार्न सकेन । यही समुहको अर्को खेलमा प्रदेश १ ले सिक्किममाथि २–० को सान्त्वना जित निकाल्यो । दुवै गोल सुनिता तामाङले गरिन् ।