एसकेडीयुएन टिम कराँते च्याम्पियन

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा । काठमाडौंमा जारी तेश्रो राष्ट्रिय सोतोकान कराते च्याम्पियनशीप २०१९ मा आयोजक सोतोकान कराते डो संघ (एसकेडीयुएन) टिम च्याम्पियन बन्न सफल भएको छ ।

आयोजकले १२ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बनेको हो ।

नेपाल निहोन सोतोकान कराते संघ दोश्रो र ईन्टरनेशनल मार्सल आर्ट संघ (आइएमए) तेश्रो भएका छन् । निहोनले २ स्वर्ण र र्आएमएले १ स्वर्ण हात पारेको छ । प्रतियोगिताको पुरुषतर्फ आयोजक एसकेडीयुएनका सागर चौलागाई र महिलातर्फ आइएसकेएफ सोतोकानकी खुस्बु जैसवाल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बुढानिलकण्ठ नगरपालिका–२ महादेव खोलास्थित एसकेडीयुएनको आफ्नै कभर्डहलमा डब्लुएकेएफ सोतोकान कराते संघ भएको प्रतियोगिताको अनुशासित टिम बन्न सफल भयो । आयोजक संघका विजय राई र आस्था थामी उदीयमान खेलाडी घोषित भए ।