चालू आर्थिक बर्षमा काहुँखोला दुधपोखरी सडक स्तरोन्नतीका लाग भौतिक पुर्बाधार बिकास मन्त्रालयको रु २२ करोड २६ लाख ७८ हजार बजेटबाट विजयपुरखोला देखी थाकको उकालो सम्म १० कि मी सडक कालोपत्रेको कार्य अगाडी बढिरहेकोमा सो सडकलाई संघ र प्रदेश सरकारबाट थप समपुरक बजेट करिव रु ३८ करोड बिनियोजन भएको छ ।
गत वर्ष सिक्लसेमा शान्ति स्मारकको अनावरणको कार्यक्रममा उपस्थित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिक्लेससम्मको सडक कालोपत्रे गर्नका लागि आफ्नोतर्फबाट भूमिका खेल्ने प्रतिवद्धता जनाएको एक वर्षपछि सो सडक स्तरोन्नतीको कार्य अघि बढेको हो ।
त्यसैगरि प्रतिनिधिसभा सांसद खगराज अधिकारी तथा प्रदेश सांसद मनबहादुर गुरुङ र गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ पनि लागि परेका थिए ।
थाकको उकालो बाट संघ सरकारको छुटै १ करोड बजेटले केही ढलानको लागि छुटै निर्माण कार्य हुने र हाल समपुरक बाट प्राप्त बजेटले काउखोला सिक्लेस सडकको थप १० कि मी सडक कालोपत्रे हुदा मादी १ को खीलाङ आसपास सम्म पुग्ने मादी गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।
वडाध्यक्ष गुरुङले सिक्लेस सम्म नै कालोपत्रेको लागि यही बर्ष फेरी थप बजेटको लागी जनप्रतीनिधी र सरकार लागि परेको बताउँदै भने,‘कास्की जिल्लाकै मुख्य र लामो सडक खण्डले पोखरा र सिक्लेस जोड्नेछ।’
त्यसै गरि विशेष अनुदान अन्तर्गत मादी ६ चीप्लीमा एक घर एक धाराका लागि ३५ लाख बजेट स्वीकृत भएको तथा मादी गाउपालिकामा ईदी खोला,मकै खोलाको मोटरेबल पुलको टेण्डर भईसकेको र बार्दी खोला मोटरेबल पुलको टेण्डरको अन्तिम तयारीमा रहेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताए ।
यस बर्ष मादीको गाउपालिका केन्द्र जाने पोखरा याङ्जाकोट सडक खण्डको ११ कि मी टेण्डर भएको, सौर्य मिजुरे सडक, तालबेसी लिपियानी चमेरेओडार मिजुरे सडक,मादी करिडोर, मध्य पहाडी लोक मार्ग मिजुरे देखि मादी ५ सम्म निर्माण कार्यको सुरुवात हुने लगायतमा केन्द्रबाट बजेट बिनियोजित भई कुनै निर्माणधिन र कुनै योजना निर्माणको अन्तिम तयारीमा भएको अध्यक्ष गुरुङले जानकारी दिए ।


पत्रकारहरु रुद्रबहादुर र इन्दिरालाई कर्म-कर्ण पत्रकारिता पुरस्कार
पत्रकार महासंघ युकेले १५ औँ स्थापना दिवस मनायो
पत्रकार मीना थापामगरलाई कौराहा संरक्षण पत्रकारिता पुरस्कार
सरकारका पछिल्ला गतिविधिप्रति पत्रकार महासंघको आपत्ति
पत्रकार महासंघको राष्ट्रिय सम्मेलन सकियो
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ: संचारमन्त्री तिमिल्सिना






सकियो मुस्ताङको लोमन्थाङ चिनाउने दुई गीतको छायांकन (हेर्नुहोस, ८ फोटो फिचरसहित)
जोर्ज जोन सरले देखेको त्यति बेलाको पोखरा ...
आइसीसीको महिला टी–२० वरीयतामा नेपाल यथावत स्थानमा
सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा रहँदा उनको स्वागत एवं सम्मान, सी विभिन्न कार्यक्रममा सरिक हुँदा र विदाईको फोटोहरु (हेर्नुहोस, ३७ फोटो सहितको फोटो फिचर)
२०१९ को डिसेम्बरभित्रै साग गेम हुने नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठको दावी
१३ औं दक्षिण एशियाली खेलकुद ‘साग’को प्रतिक चिन्ह लोगो र म्यासकट सार्वजनिक
पोखरामै एसएलसी पास गर्ने पहिलो व्यक्ति वीरेन्द्रकुमार बाटाजू
पत्रकारहरु रुद्रबहादुर र इन्दिरालाई कर्म-कर्ण पत्रकारिता पुरस्कार
पत्रकार महासंघ युकेले १५ औँ स्थापना दिवस मनायो
पत्रकार मीना थापामगरलाई कौराहा संरक्षण पत्रकारिता पुरस्कार
सरकारका पछिल्ला गतिविधिप्रति पत्रकार महासंघको आपत्ति
पत्रकार महासंघको राष्ट्रिय सम्मेलन सकियो
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ: संचारमन्त्री तिमिल्सिना
पत्रकार भरत कोइरालालाई ‘लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान
गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ को बहस
