भुटानमाथि नेपालको यू–१५ को ६–१ को रोमाञ्चक जित

नेपालका लागि अमिशा कार्कीले ह्याट्रिक गरिन्, प्रिती राईले २ गोलको योगदान गरिन्, सुनाकली राईले १ गोल थपिन्

जनसम्मत
पौष ७, २०७६, सोमबार

पोखरा । मैत्रीपूर्ण खेलमा नेपालको यू–१५ किशोरी टोलीले भुटानको फुटबल टिममाथि ६–१ को फराकिलो रोमाञ्चक जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली किशोरी टोलीले भुटानलाई ६–१ को गोल अन्तरले हरायो ।

नेपालका लागि अमिशा कार्कीले ह्याट्रिक गरिन् । प्रिती राईले २ गोलको योगदान गरिन् । अमिशाले १२, ४८ र ५४ औं मिनेटमा गोल गरेकी थिइन् ।

प्रितिले ४४ र ८९ औं मिनेटमा गोल गरिन् । सुनाकली राईले १ गोल गरिन् ।

भुटानका लागि एकमात्र गोल कप्तान डेकी लाजोमले गरिन् ।

दोस्रो मैत्रीपूर्ण खेल बुधबार हुनेछ ।