लाजियो इटालियन सुपर कप च्याम्पियन

युभेन्टसलाई ३–१ ले पराजित गर्दै लाजियोले सुपर कपको उपाधि हात पारेको हो

जनसम्मत
पौष ७, २०७६, सोमबार

एजेन्सी । युभेन्टसमाथि जित रच्दै लाजियो इटालियन सुपर कपको च्याम्पियन बनेको हो ।

आइतबार राति भएको फाइनल खेलमा युभेन्टसलाई ३–१ ले पराजित गर्दै लाजियोले सुपर कपको उपाधि हात पारेको हो ।

लाजियोलाई उपाधि दिलउनको लागि लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले समान १÷१ गोल गरे ।

युभेन्टसका लागि पाउलो डीबालाले एक गोल गरे । खेलको १६ औं मिनेटमा नै अल्र्वेटोले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डीबालाले बराबरी गोल फर्काएका थिए ।

दोस्रो हाफमा लाजियोले नतिजा आफ्नो पक्षमा पार्न सफल बन्यो । ७३ औं मिनेटमा सेनाले गोल गर्दै लाजियोलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको इन्जुरी समयमा लाजियोका काटाल्डीलेले फ्री–किकमा शानदार गोल गरेपछि लाजियोले ३–१ को गोल अन्तरमा खेल जित्यो ।

इन्जूरी समयको तेस्रो मिनेटमा युभेन्टस १० खेलाडीमा समेटिएको थियो । रोड्रिगो बेन्टानकर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।