राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीलाई ज्ञानुबाबामा सम्मान

शाहीले आफ्नै कप्तानीमा दक्षिण एसियाली खेलकुद (साग) २०१९ का खेलमा समेत उत्कृष्ट खेल प्रर्दशन गरी नेपाललार्इं रजत पदक जिताउन सफल भएकी थिइन्

जनसम्मत
पौष ८, २०७६, मंगलवार

पोखरा । ज्ञानुबाबा आवसीय मावि पोखरा–२,मिरुवाले राष्ट्रिय महिला भलिबल समूहकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ ।

ज्ञानुबाबा आवासीय माविबाट आफ्नो शैक्षिक तथा खेल जीवनको सुरुवात गरेकी अरुणा शाहीलाई भलिबल खेलको माध्यमबाट विद्यालय र राष्ट्रलाई समेत चिनाउन सफल राष्ट्रिय महिला समूहकी कप्तानका रुपमा रही बङ्गलादेशमा आयोजित सेन्ट्रल जोन खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई ऐतिहासिक स्वर्ण पदक जिताउन उल्लेखनीय भूमिका खेलेकी हुन् ।

साथै शाहीले आफ्नै कप्तानीमा दक्षिण एसियाली खेलकुद (साग) २०१९ का खेलमा समेत उत्कृष्ट खेल प्रर्दशन गरी नेपाललार्इं रजत पदक जिताउन सफल भएकी थिइन् । उक्त कार्यक्रममा बोल्दै कप्तान अरुणा शाहीले आफु यो स्थानमा आइपुग्न विद्यालयले महत्वपुर्ण भूमिका खेलेको भन्दै विद्यार्थीलाई लगनशीलता, मेहनेत र कडा परिश्रमले नै आफ्नो लक्ष्य प्राप्त गर्न सकिने कुरा बतइन् ।

कार्यक्रममा विद्यालयकी प्राचार्य शुभकन्या गुरुङ्गले भावी खेल जीवनको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो विद्यालयबाट खेल जीवन प्रारम्भ गरी देशलाई समेत चिनाउन सफल रहेको भन्दै शाहीलाई शुभकामना दिइन् ।

उक्त कार्यक्रममा मिस युके नेपालकी संस्थापक निर्देशक शान्ति गुरुङ्गले समेत आफ्नो भनाई राखेकी थिइन् । अरुणा शाहीलाई सम्मान गर्दै विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङ्गले अरुणा अनुशासित र लगनशील भएकै कारणले यो सफलता प्राप्त गरेको बताए ।

महिला भलिबल खेलमा छुट्टै इतिहास कायम राख्न सफल ज्ञानुबाबाले १०औँ सागमा समेत नेपाललाई तेस्रो स्थान दिलाउन महत्वपुर्ण योगदान पु¥याउने खेलाडीहरु एकिना गुरुङ्ग, राष्ट्रिय समूहकी पूर्व उपकप्तान मञ्जु गुरुङ्ग र लक्ष्मी गुरुङ्को पनि स्मरण गरेको थियो ।

विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालय संयोजक बाबुराम सुवेदीले गरेका थिए ।