भुटानमाथि नेपाली यू–१५ किशोरी टिमको दोस्रो जित

दोस्रो खेलमा नेपाली किशोरी टिम ले भुटानमाथि १–० को जित निकालेको हो

जनसम्मत
पौष १०, २०७६, बिहीवार

काठमाण्डौं । भुटान विरुद्धको नेपाली यू–१५ महिला फुटबल टिमले लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपाली किशोरी टिम ले भुटानमाथि १–० को जित निकालेको हो ।

नेपालको जितमा अभिसाथा थिमले एकमात्र गोल गरिन । उनले खेलको ११ औं मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि पनि नेपाली यू–१५ टिमले भुटानको पोष्टमा आक्रमण बुनिरह्यो ।

खेलको ८४ औं मिनेटमा नेपालले पेनाल्टीको अवसर पाएको थियो । सो पेनाल्टीलाई अनुले गोलमा परिणत गर्न सकिनन् । उनको प्रहारलाई भुटानकी गोलरक्षकले बचाउन सफल भइन् । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन । अन्ततः नेपाली यू–१५ टिम १–०ले विजयी बन्यो ।