पोखरामा ओपन तथा भेट्रान्स टेनिस शुरु

देशी तथा विदेशी १ सय २४ खेलाडीहरुले प्रतिस्पर्धा गर्दै

जनसम्मत
पौष १०, २०७६, बिहीवार

पोखरा । पोखरामा १७ औं संस्करणको माछापुच्छ्रे« बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता शुरु भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजना र माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा बिहिबारदेखि शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन दिन मेन्स सिंगलतर्फ भएको खेलमा प्रणव खनालले तारामान गरुङलाई ६–०, ६–० ले, संरक्षक भुषण बज्राचार्यले निसान श्रेष्ठलाई ६–०, ६–० ले, निरज गुरुङले समिर क्षत्रीलाई ६–०, ६–४ ले, राजेन्द्र महर्जनले भिष्म काउछालाई ६–४, ६–४ ले, अनिल शाहीले सुदर्शन सिग्देललाई ६–२, ६–३ ले पराजित गरे ।

प्रतियोगिता अन्तर्गत ३५ वर्षमाथिको एकलमा नविन श्रेष्ठले केबी लामालाई ६–३, ६–३ ले, सञ्जय श्रेष्ठले अनिलकुमार गुरुङलाई ६–१, ६–० ले, लक्ष्मण लामाले सोम रानालाई ४–६, ६–० र सुपरटाईमा १०–७ ले, विकास गुरुङले अमितसिंह गुरुङलाई ६–०, ६–२ ले, राजन पौडेलले विरेन्द्र लामालाई ४–६, ६–० र सुपरटाईमा १०–८ ले पराजित गरे ।

त्यस्तै, ४५ वर्षमाथिको एकलमा गोपीबहादुर भट्टराईले विष्णुप्रसाद चापागाईलाई ६–२, ६–१ ले, अनुज बाँस्तोलाले हुम आलेलाई ६–४, ६–२ ले, राजु गुरुङ युकेले धरम कोइरालालाई ६–३, ७–५ ले पराजित गरेका छन् । विकास गुरुङले विष्णु थापालाई ६–०, ६–१ ले, नारायण पहारीले उत्तम बोगटीलाई ७–६, ७–४, ३–६ र सुपरटाईमा १०–५ ले पराजित गरे । त्यस्तै, चन्द्र शाहीले मुनेष थापालाई ६–०, ६–२ ले, धरमसिंह लामिछानेले बालकृष्ण गुरुङलाई ६–२, ६–१ ले पराजित गरे ।

प्रतियोगिता अन्तर्गत ३५ वर्षमाथिको डबल्समा सञ्जय श्रेष्ठ र अनिल सेन्चुरीको जोडीले सोम राना र विष्णुप्रसाद चापागाइको जोडीलाई, ४५ वर्ष माथि दोर्जे लामा र अनु जोनको जोडीले पदम गुरुङ र लोकबहादुर गुरुङको जोडीलाई ६–०, ६–३ ले तथा ५५ वर्ष माथिको डबल्समा प्रदीप शाह र राम रानाले सञ्जय श्रेष्ठ र कर्ण तामाङको जाडीलाई पराजित गरेका छन् ।

५५ वर्षमाथिको एकलमा कर्ण तामाङले सुरेन्द्र माकाजुलाई ६–२, ६–० ले, राजकुमार गुरुङले अब्दुल समादलाई ६–३, ६–१ ले तथा स्मिथ वाल्टरले डियोनम लामालाई ६–१, ६–० ले पराजित गरे ।

प्रतियोगितामा मेन्स सिंगल, डबल्स, उमन्स सिंगल डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष माथि मेन्स सिंगल र डबल्सगरि विभिन्न १२ इभेण्टमा प्रतिस्पर्धा हुनेछ ।

यसअघि, गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले एक समारोबीच प्रतियोगिता निर्देशक कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दे प्रतियोगिताको उद्घाटन गरेका थिए ।

गण्डकी प्रदेश सरकारको प्रमुख प्राथमिकता पर्यटन : सांसद थापा

 

प्रतियोगिता उद्घाटन गर्दै सांसद थापाले गण्डकी प्रदेश सरकारले पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

थापाले पोखरामा खेल पर्यटनको विकासमा टेनिसले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । संघले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले स्वस्थ्य नागरिक उत्पादन तथा अनुसाशित समाज निर्माणमा भुमिका निर्वाह गरेको उनको भनाई थियो ।

उक्त अवसरमा टेनिसका अग्रज खेलाडी अशोक पालिखेले पोखरामा टेनिसको शुरुवातका दिनहरुको स्मरण गरे । नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस विकास क्रमबारे प्रकाश पारे । उद्घाटन समारोहमा १३ औं दक्षिण एशियाली खेलकुदमा पदक जितेका नेपाली टेनिस खेलाडीहरुको सम्मान गरिएको थियो ।

संघ कास्कीका सचिव नविन चालिसेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक लोक गुरुङले स्वागत मन्तव्य राखेका थिए ।