शीर्ष वरीयताका प्रदीप खड्का र नविन मगर ओपन टेनिसको सेमिफाइनलमा

खड्काले निरज गुरुङमाथि ६–१, ६–४ को सहज नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन्, नविन मगरले गोविन्द नेपालीलाई प्रतिस्पर्धात्मक खेलमा ५–७, ६–२ र ६–४ को कठिन जित निकाल्दै अन्तिम ४ मा स्थान बनाउन सफल भएका हुन्

जनसम्मत
पौष ११, २०७६, शुक्रबार

पोखरा । नेपालका शीर्ष वरीयताप्राप्त प्रदीप खड्का पोखरामा जारी १७ औं संस्करणको माछापुच्छ«े बैंक ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोेगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार मेन्स सिंगलतर्फ भएको क्वाटरफाइनल खेलमा खड्काले निरज गुरुङमाथि ६–१, ६–४ को सहज नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

प्रदीप कास्कीका टेनिस खेलाडी हुन् । घरेलु भुमी नेपालमा हालै सम्पन्न १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को टेनिस प्रतिस्पर्धामा प्रदीपले कांस्य पदक जितेका थिए ।

त्यसैगरि संरक्षण भुषण बज्राचार्यले राजेन्द्र महर्जनलाई ६–१, ६–० ले, प्रणव खनालले अनिल शाहीलाई ६–१, ६–१ ले तथा नविन मगरले गोविन्द नेपालीलाई प्रतिस्पर्धात्मक खेलमा ५–७, ६–२ र ६–४ को कठिन जित निकाल्दै अन्तिम ४ मा स्थान बनाउन सफल भए ।

प्रतियोगिताको ३५ वर्षमाथिका कमल भण्डारीले नविन श्रेष्ठलाई, नविन चालिसेले मदन थापालाई, निरज थापाले उत्तम बोगटीलाई, लक्ष्मण लामाले अशोक गुरुङलाई, छेवाङ लामाले सिजे थापालाई तथा राजु श्रेष्ठले राजन पौडेललाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

त्यसैगरि, ४५ वर्षमाथिको एकलमा गोपीबहादुर भट्टराईले राजु गुरुङलाई, नारायण पहारीले लोक गुरुङलाई, धर्म लामिछानेले अनुज बाँस्तोलालाई, प्रताप मोक्तानले सुनिल श्रेष्ठलाई, अमृत कार्कीले रामराजा कार्कीलाई, अनु जोनले राजु श्रेष्ठलाई, विमल गुरुङले विकास गुरुङलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

त्यस्तै, ५५ वर्षमाथिको एकलमा कमल थापाले कर्ण तामाङलाई ६–१, ७–५ ले, ध्रुव गुरुङले राजकुमार घिमिरेलाई ६–०, ६–३ ले, प्रदीप शाहले डियोनम लामालाई ६–३, ६–० ले, अनिल तुलाचनले पदम गुरुङलाई ६–१, ६–१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएका छन् ।

बिहीबारदेखि कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताको आयोजना गरेको हो ।