अन्नपूर्ण युथ क्लब छोम्रोङ भलिबलको च्याम्पियन

उल्लेरी भुमी युवा क्लबलाई ६८–४६ अंकले हराउँदै ताङतिङ युवा क्लबले बास्केटबलको उपाधि जित्यो

जनसम्मत
पौष ११, २०७६, शुक्रबार

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, छोम्रोङमा सम्पन्न पुरुषतर्फको भलिबल उपाधि अन्नपूर्ण युथ क्लबले जितेको छ ।

अन्नपूर्णले चण्डी युवा क्लब दाङसिङलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो ।

अन्नपूर्णले चण्डी युवा क्लब दाङसिङमाथि २५–२२, १७–२५, २५–२१ र २५–२० को सेटमा पाखा लगाउँदै उपाधि जितेको हो । उपाधिसँगै अन्नपूर्णले ८० हजार र उपविजेता चण्डी युवा क्लबले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । पुरुष भलिबलमा अन्नपूर्णका आकाश घमाल उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा कास्की र पर्वतका १२ टिमको सहभागिता रहेको थियो ।

ताङतिङ युवा क्लबले खुुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जित्यो । फाइनल खेलमा ताङतिङले उल्लेरी भुमी युवा क्लबलाई ६८–४६ को फरक स्कोर गर्दै उपाधि जितेको हो ।

विजेता ताङतिङले ८० हजार र उपविजेता उल्लेरी भुमीले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ताङतिङका प्रविण उत्कृष्ट खेलाडी घोषित भए भने हाई स्कोरमा उल्लेरीका मनोज सफल भए । प्रतियोगितामा कास्की र पर्वत १० टिम सहभागी थिए ।

प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगतबहादुर बिश्वकर्मा (सुनार), अन्नपूर्ण गाँउपालिका कास्की, वडा नं. ११ का वडाध्यक्ष हिम गुरुङ क्लबका अध्यक्ष मिकास गुरुङ, सल्लाहकार दिलिप गुरुङ, मेला संयोजक राजकुमार गुरुङलगायतले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

खेलकुदबाटै आन्तरिक पर्यटन प्रबद्र्धन : खेलकुद मन्त्री बिश्वकर्मा

 

युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा (सुनार) ले खेलको माध्यमबाट आन्तरिक पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पु¥याउने धारणा राखे । उनले सेञ्चुरी यूवा क्लबले निर्माण गर्न लागेको टेनिस कोर्टको लागि १५ लाख बजेट विनियोजन गरिएको बताए ।

मन्त्री बिश्वकर्माले भने, ‘खेलकुदका माध्यमबाट देशको अर्थत्रन्त्रमा टेवा पु¥याउन शाहसिक तथा पर्यटकीय खेल गन्तब्यको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण र उच्चधरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य शुरु भएको छ ।’

१८ औं ल्होसार मेलाको अवसरमा कास्कीको अन्नपूर्ण गाँउपालिका–११, छोम्रोङस्थित सेञ्चुरी युवा क्लब छोम्रोङ, घान्द्रुकले आयोजना पुसको ५ गतेबाट पुरुषतर्फको भलिबल र बास्केटबल प्रतियोगिता गरेको थियो । क्लबका अध्यक्ष मिकास गुरुङको अध्यक्षतामा ल्होसार मेला तथा खेलकुदका कार्यक्रम समापन भएको थियो ।