शनिबार हिसान स्पोर्टस् मिटको समापन

छात्रा भलिवलमा केफ मावि र पोखरा मावि फाइनलमा प्रवेश गरेका छन्, केफ माविले सिर्जना माविलाई २५–१३, २५–१६ अंकको सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनायो,दोश्रो सेमिफाइनलमा पोखरा माविले कास्की मोडर्नाइज्डमाथि १५–२५, २५–१६ र २५–२१ को अंकले पराजित गर्दै केफसँगको फाइनल भिडन्त पक्का ग¥यो

जनसम्मत
पौष ११, २०७६, शुक्रबार

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको १३ औं संस्करणको हिसान कास्की स्पोर्टस् मिट शनिबार समापन हुने भएको छ ।

पुसको ९ गतेदेखि शुरु भएको स्पोर्टस् मिट विद्यालयस्तरिय भलिबल, बास्केटबल र टेबल टेनिस प्रतियोगिता हुदैँ समापन हुनेछ ।
शुक्रबार भएको छात्रा भलिवलमा केफ मावि र पोखरा मावि फाइनलमा प्रवेश गरेका छन् । वेष्ट अफ थ्रीको आधारमा खेलाइएको भलिवलमा केफ माविले सिर्जना माविलाई २५–१३, २५–१६ अंकको सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनायो ।

त्यस्तै, दोश्रो सेमिफाइनलमा पोखरा माविले कास्की मोडर्नाइज्डमाथि १५–२५, २५–१६ र २५–२१ को अंकले पराजित गर्दै केफसँगको फाइनल भिडन्त पक्का ग¥यो ।

छात्रतर्फको भलिवलमा स्पाइरल ग्यालेक्सी फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा प्रतिभालाई १६–२५ र १३–२५ अंकको सेटमा पराजित गर्दै स्पाइरलले फाइनलका लागि स्थान बनायो । शनिबार न्यू–ग्यालेक्सी र न्यू मोडलबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

त्यस्तै, टेवलटेनिसका सम्पूर्ण खेल शुक्रबार नै सकिएको छ । छात्र एकलतर्फको उपाधि वेलनन् एकेडेमीका नविन गुरुङले जितेका छन् ।

फाइनलमा पुगेका वेलननकै राहुल सुनारलाई १०–१२, ११–८, ११–७, ११–९, ९–११, ४–११ र ११–१ को अंकले नविनले पराजित गरेका हुन् ।

राहुलले दोश्रो स्थानमा चित्त बुझाए । त्यस्तै, स्टेप बाई स्टेपका प्रताप खड्का र मदरल्याण्डका मनोज पौडेलले तेश्रो स्थानमा रहे ।

छात्र डबल्समा स्टेप बाई स्टेपका अमिस ढकाल र प्रताप खड्काको जोडी प्रथम स्थानमा आउन सफल भए । फाइनलमा मदरल्याण्डका मनोज पौडेल र अमन पौडेलको जोडी पराजित हुँदै दोश्रो स्थानमा आयो । फाइनलमा स्टेप बाई स्टेपको जोडीले१४–१२, १०–१२, ११–४, ११–८ र ११–८ अंकले मदरल्याण्डलाई पराजित ग¥यो । सगरमाथाका प्रतिक मल्ल र आशिष खनालको जोडी, ग्लोवलका क्षितिज पन्त र सिद्धार्थ खड्काको जोडी तेश्रो भए ।

छात्रा एकलतर्फको फाइनलमा सिर्जनाकी कल्पना थापामगरले सिर्जनाकै बिन्दु चालिसेलाई ११–६, ११–९, ६–११, ११–६, ५–११, ४–११, ११–८ अंकले हराउँदै प्रथम बनिन् । विन्दुले दोश्रो स्थानमा चित्त बुझाइन् । ग्लोवलकी सिम्रन ढकाल र गुरुकूलकी पूजा नेपाली तेस्रो बने ।

त्यस्तै, छात्रा डबल्सतर्फको खेलमा सिर्जनाकी कल्पना थापामगर र बिन्दु चालिसेको जोडीले ग्लोवलकी दीपशिखा खड्का र सृष्टि घलेको जोडीमाथि ११–७, ११–५, ११–६, १०–१२ र ११–५ को अंकले प्रथम बने । स्टेप बाई स्टेपका जिना परियार र रोशनी रानामगरको जोडी, मदरल्याण्डका चन्द्रा गुरुङ र सिम्रन मानन्धरको जोडी तेश्रो भए ।

यस संस्करणको हिसान कास्की स्पोर्टस् मिटमा मावि तहको छात्र भलिबलमा २९, छात्रा भलिबलमा १५, बास्केटबल मावि तहको छात्रतर्फ ३३, छात्रातर्फ १७ र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमको सहभागिता थियो । त्यसैगरि, छात्रको टेबल टेनिसमा मावि सिंगल्समा ७२, छात्रा सिंगल्समा ३८, छात्र डवल्समा ३४, छात्रा डबल्समा १३ टिमको सहभागिता थियो ।

प्रतियोगितामा सर्वाधिक अंक ल्याउने विद्यालयले रनिङ शिल्ड पाउनेछ । प्रत्येक विधामा प्रथम, द्धित्तिय र तृतीय हुने विद्यालयलाई ट्रफी सहित खेलाडीले मेडल र प्रमाणपत्र पाउनेछन् । हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमध्ये ५३ विद्यालयहरुको प्रतियोगितामा प्रतिस्पर्धा थियो ।