‘भिजिट नेपाल २०२०’ को गीत सहित म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस, म्युजिक भिडियो सहित)

भिडियोमा पनि सशक्त रुपमा नेपालको पर्यटकीय क्षेत्रलाई देखाइएको छ, नेपाली खाना परिकार गुन्द्रुक, सेल रोटी साथै मौलिक खनाका साथै नेपालका विभिन्न पर्यटकीय क्षेत्रबारे गीतमा व्याख्या गर्नुका साथै त्यही अनुरुपको भिडियो तयार पारिएको छ

जनसम्मत
पौष १६, २०७६, बुधबार

पोखरा । ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ ।

गीतकार उरारा सलिन कार्कीले गीतको शब्द रचना गरेका हुन् । संगीतकार हरी लम्सालले गीतमा संगीत भरेका छन् । गायक आनन्द कार्कीले गीतमा मीठो स्वर भरेका छन् । गीतलाई राज लामिछानेले अनुवाद गरेका हुन् । गीतको भिडियोमा उदय बिक्रम थापा, उरारा शलिन कार्की, मिस्टर नोरिओ मएड, पुर्णिमा लामा, हरि शाही, सुधा कार्की, प्रतिमा थापालगायत कलाकारको अभिनय समेटिएको छ ।

भिडियोलाई जोमसोम, लुम्बिनी, हिमालय रेन्ज, रारा, तिलोचो ताल, गोर्खा दरबार, साराङकोट, त्रिशुली लगायत पर्यटकीय क्षेत्रमा छायांकन गरिएको हो । भिडियोमा क्यामेरा प्रेम लामा, ड्रोन राज पोखरेल, सम्पादन र निर्देशन टेकेन्द्र शाहको रहेको छ ।

देशमा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्ने टेवा पु¥याउने हेतुले तयार पारिएको गीत सार्वजनिक गरिएको हो ।

गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत रुपमा चर्चा गरिएको छ । नेपालको सुन्दर पर्यटकीय क्षेत्र र नेपालीजनले आम पर्यटकप्रति देखाउँदै आएको सद्भाव र मायालाई बलियो ढंगबाट प्रस्तुत गरिएको छ । गीतको भिडियोमा पनि निर्माण पक्षले उतिक्कै मिहिनेत गरेको देखिन्छ ।

भिडियोमा पनि सशक्त रुपमा नेपालको पर्यटकीय क्षेत्रलाई देखाइएको छ । नेपाली खाना परिकार गुन्द्रुक, सेल रोटी साथै मौलिक खनाका साथै नेपालका विभिन्न पर्यटकीय क्षेत्रबारे गीतमा व्याख्या गर्नुका साथै त्यही अनुरुपको भिडियो तयार पारिएको छ ।

यो गीतसँगै सार्वजनिक भएको भिडियोले स्वदेशी तथा बिदेशी पर्यटकलाई नेपालबारे बुझ्न र चिनाउन सहज हुनेछ । गीतको सम्पूर्ण आम्दानी केआर बालगृहलाई प्रदान गरिने उल्लेख गरिएको छ ।

https://www.youtube.com/watch?v=vZ1w2AeDlyc