कामना फिल्म अवार्ड वितरण, नीर शाहलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड (हेर्नुहोस, फोटो फिचरसहित)

‘सीजी कामना फिल्म अवार्ड’को पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ले आफ्नो वर्चश्व जमायो, फिल्मले उत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, निर्देशन र पटकथा समेत गरेर ५ विधामा अवार्ड जित्यो ।

जनसम्मत
पौष २१, २०७६, सोमबार

पोखरा । नेपाली सिने क्षेत्रको विभिन्न विधामा कामना फिल्म अवार्ड–२०७६ वितरण गरिएको छ ।

प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कूल ३५ विधामा अवार्ड प्रदान गरिएको हो । समारोहमा लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो । जसमा जुरीको ९० र भोटिङको १० प्रतिशत अंक जोडिएको थियो ।

वरिष्ठ फिल्मकर्मी नीर शाहलाई ‘कामना लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७६ बाट सम्मान गरिएको छ । कामना प्रकाशनका अध्यक्ष एवं सिइओ दिरेकलाल श्रेष्ठ, सीजी ईन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक मेघा चौधरी, कामना मासिकका सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल र शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतले शाहलाई नगद १ लाख रुपैयाँसहित संयुक्त रुपमा सम्मान प्रदान गरे । शाह, नेपाली चलचित्र जगतका अभिनेता, निर्माता, निर्देशक र गीतकार समेत हुन् ।

कार्यक्रममा प्राविधिक तर्फको ‘कामना लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७६ मेकअप आर्टिष्ट सन्तु तामाङले जितेका छन् । तामाङलाई पर्दा पछाडी रहेर पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै नगद १ लाख रुपैयाँ सहितको सम्मान प्रदान गरिएको हो ।

नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा सीजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सीजी कामना फिल्म अवार्ड’को पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ले आफ्नो वर्चश्व जमायो । फिल्मले उत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, निर्देशन र पटकथा समेत गरेर ५ विधामा अवार्ड हात पा¥यो ।

प्रसादबाट अभिनेतामा बिपिन कार्की, अभिनेत्रीमा नम्रता श्रेष्ठ, निर्देशकमा दिनेश राउत, पटकथातर्फ सुशिल पौडेलले अवार्ड प्राप्त गरे । अभिनेता बिपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ, निर्देशक दिनेश राउत अवार्ड वितरण कार्यक्रममा उपस्थित भएनन् ।

‘पुस्करलाल मिडिया अवार्ड’बाट आरके मानन्धर सम्मानित भए । अवार्ड समरोहमा सहभागी हुन भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, रमेश उप्रेती, दीपाश्री निरौला, पूजा शर्मा, पल शाह, सेड्रिना शर्मा, हरिहर शर्मा, मिथिला शर्मा, निर्मल शर्मा, गौरी मल्ललगायत थुप्रै नयाँ, पुराना कलाकलार पुगेका थिए । अवार्ड समारोहको सुरुवात अभिनेता राजेश हमालले गरेका थिए ।

अभिनेत्री स्वस्तिमा खड्काले कामना पब्लिक च्वाइस अवार्ड हात पारिन् । दयाहाङ राई (साइँली) ले उत्कृष्ट सह–अभिनेताको अवार्ड प्राप्त गरे । नाईं नभनू ल–५ बाट प्रियंका कार्कीले उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड पाइन् । उमेश थापा (बोबी) ले उत्कृष्ट डेब्यू नायकको अवार्ड पाए । उत्कृष्ट डेब्यू नायिका सुहाना थापा ए मेरो हजुर–३ बाट सुहाना थापाले उत्कृष्ट डेब्यू नायिकाको उपाधि हात पारिन् ।

त्यस्तै, सिर्जना सुब्बाले सीजी क्रिटिक्स अवार्ड थिएटरको अवार्ड पाइन् । ज्ञानीशोभा तुलाधारले सीजी क्रिटिक्स अवार्ड फेशनको अवार्ड प्राप्त गरिन् । संगीतकार न्ह्यु बज्राचार्यले सीजी क्रिटिक्स संगीतको अवार्ड हात पारे ।

नेपाली फिल्म ‘हरी’ ले कामना जुरी अवार्ड प्राप्त ग¥यो । ‘डमरुको डण्डीबियो’ बाट खगेन्द्र लामिछाने उत्कृष्ट कथाकार बने । ‘डमरुको डण्डीबियो’ कै छेतेन गुरुङ उत्कृष्ट डेब्यू निर्देशक बने । ‘कथा काठमाण्डु’ बाट प्रमोद अग्रहरी उत्कृष्ट खलपात्र घोषित भए । ‘डमरुको डण्डीबियो’ कै निमेष श्रेष्ठले उत्कृष्ट सम्पादकको अवार्ड पाए । ‘प्रसाद’ का सुशिल पौडेल उत्कृष्ट पटकथाकारको अवार्ड पाए ।

त्यस्तै, ‘छक्का पञ्जा–३’ बाट दीपकराज गिरीले उत्कृष्ट संवादको अवार्ड हात पारे । ‘छक्का पञ्जा–३’ बाटै केदार घिमिरेले उत्कृष्ट हास्य कलाकारको अवार्ड पाए । ‘नाईं नभनू ल–५’ बाट सेड्रिना शर्माले उत्कृष्ट बालकलाकारको अवार्ड पाइन् । उत्कृष्ट कोरियोग्राफर कविराज गहतराज ‘छक्का पञ्जा–३’ का कविराज गहतराज उत्कृष्ट कोरिग्राफर बने । ‘भिलेन’ बाट शुक्रराज शाह उत्कृष्ट द्वन्द्व निर्देशक घोषित भए ।

उत्कृष्ट पाश्र्व संगीत एलिश कार्की ‘डमरुको डण्डीबियो’ बाट एलिश कार्कीले उत्कृष्ट पाश्र्व संगीतकारको अवार्ड पाए । ‘नाई नभनु ल–५’ बाट बसन्त सापकोटाले उत्कृष्ट संगीतकारको अवार्ड पाए । ‘नाईं नभन्नू ल–५’ कै ‘तिम्रो आँखामा’ बोलको गीतबाट दीनेश थपलियाले उत्कृष्ट गीतकारको अवार्ड पाए ।

‘साइँली’ बाट हेमन्त रानामगरले उत्कृष्ट गायकको अवार्ड जिते । ‘सँगसँगै बाँध मायाले’ बोलको गीतबाट अञ्जु पन्तले उत्कृष्ट गायिकाको अवार्ड जितिन् । ‘नाईं नभन्नू ल–५’ का पुरुषोत्तम प्रधानले उत्कृष्ट छायांकारको अवार्ड जिते । ‘छक्का पञ्जा–३’ सुनयमान श्रेष्ठले उत्कृष्ट ध्वनी मिश्रणको अवार्ड पाए । श्याम लामा ‘चक्कर’का श्याम लामाले उत्कृष्ट श्रृंगारको अवार्ड प्राप्त गरे ।

गीत, संगीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिको साथमा अवार्ड वितरण समारोह आयोजना गरिएको थियो ।

 

तस्वीर : कामना फिल्म अवार्ड फेसबुकबाट