खेलकुद पत्रकार मञ्च, गण्डकीको नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको सम्मान

जनसम्मत
चैत्र १९, २०७५, मंगलवार

पोखरा, १९ चैत । खेलकुद पत्रकार मञ्च गण्डकीका नयाँ कार्यसमिति अध्यक्ष, पदाधिकारीलगायत सदस्यहरुलाई सोमबार पोखरामा सम्मान गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिति, कास्की जिल्ला खेलकुद बिकास समिति र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीले एक संयूक्त कार्यक्रम गरी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश नवनिर्वाचित कार्यसमितीलाई बधाई र सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडी र खेलुकदमा कलम चलाउने पत्रकार हरुका नङ र मासुको सम्वन्ध रहने बताए । उनले खेलकुदमा देखिएका विकृति र विसगंतिविरुद्ध कलम चलाउने मात्रै नभई खेलकुद क्षेत्रमा भएका राम्रा गतिविधिलाई समेत जनमानसमा पु¥याउन आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले खेलकुदमा संचालन भइरहेका साना ठूला प्रतियोगिताहरुलाई जनमानसमा पु¥याई खेलाडीको हौसला अभिवृद्धि गर्न तथा खेलाडीका जीवनका व्यक्तिगत आयामहरुलाई समेत संचार माध्यममार्फत आमजनमानसमा पु¥याउन उनले जोड दिए ।

कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको कायक्रममा मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरीले मञ्चले आयोजना गर्ने चौथो संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई सफल पार्न सहयोगको अपिल गरे ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, कास्की जिल्ला खेलकुद बिकास समिति कार्यालय प्रमुख प्रकाश बराल, तालिम तथा प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्कालागयतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेका थिए ।