मिलन युवा क्लब घलेल भलिबल च्याम्पियन

फाइनलमा जुरे भूमी युवा क्लब तप्राङलाई २५–२०, २५–२१ र २५–२२ को सोझो सेटले पराजित गर्दै मिलन युवा क्लब धम्पुुस च्याम्पियन बनेको हो, खुल्ला घोडा दौडतर्फ नाँगीका बलबहादुर खड्का क्षत्री विजेता बने

जनसम्मत
पौष २२, २०७६, मंगलवार

पोखरा । धम्पुसको मिलन युवा क्लबले घलेल भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

तमु ल्होछारको अवसरमा आयोजित गाउँस्तरिय पुरुष भलिबल तर्फ मिलन युवा क्लब धम्पुस च्याम्पियन बनेको हो ।

घलेलस्थित खेल मैदानमा सम्पन्न फाइनल खेलमा मिलन युवा क्लब धम्पुुसले जुरे भूमी युवा क्लब तप्राङलाई पराजित गर्दै उपाधि जितेको हो । फाइनलमा जुरे भूमी युवा क्लब तप्राङलाई २५–२०, २५–२१ र २५–२२ को सोझो सेटले पराजित गर्दै मिलन युवा क्लब धम्पुुसले उपाधि जित्यो ।

उपाधिसँगै धम्पुसले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ७० हजार प्राप्त ग¥यो । उपबिजेता तप्राङले ४० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पायो ।

त्यस्तै, पुरुषतर्फकै भलिबल प्रतियोगितामा अन्नपूर्ण युवा क्लब तेस्रो बन्यो । मर्दी हिमाल क्लब सिँधिङलाई २५–१३, २५–१७ को सेटले पराजित गर्दै अन्नपूर्ण युवा क्लबले २५ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । मिलन युवा क्लब धम्पुसका मनोज खड्का प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा ३० टिमको सहभागिता थियो ।

बलबहादुर घोडादौढको विजेता

 

खुल्ला घोडा दौडतर्फ नाँगीका बलबहादुर खड्का क्षत्री विजेता बने । खोरामुखस्थित ईदीखोलादेखी घलेल खेल मैदान सम्मको निर्धारित ७.५ किलोमिट ३३ मिनेट ३० सेकेण्डमा पार गरी च्याम्पियन बनेका बलबहादुरले १५ हजार नगद हात पारे ।

सिँधिङ घिप्लीका दुर्गा भण्डारी द्वितिय बने । दुर्गाले ३३ मिनेट ३३ सेकेण्डमा पार गरी दोस्रो स्थान हाँसिल गरेका हुन् । भण्डारीले १० हजार नगद हात पारे । सोही स्थानकै गोबिन्द गौतम तृतीय बने । गोविन्दले ३४ मिनेट १२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै ५ हजार पुरस्कार पाए ।

महिला मेच घुमाईतर्फ सर्मिला गुरुङ प्रथम, सिमा गुरुङ द्वितिय बन्दै आकर्षक पुरस्कार प्राप्त गरे । घैंटो फुटाउने खेलतर्फ गोबिन्द गौतम बिजयी बने । त्यसैगरी, सटफुट छेलोतर्फ अर्जुन क्षत्री प्रथम र शुशिल क्षत्री दोस्रो बन्दै आकर्षक पुरस्कार प्राप्त गरे ।

उत्वसमा सञ्चालित विभिन्न प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई गण्डकी प्रदेशसभा सदस्य रामजी बराल (जीवन), माछापुच्छ्र«े गाउँपालिका ९ का अध्यक्ष दुर्गाबहादुर क्षत्री, वडा नं ८ का अध्यक्ष कृष्ण दवाडी, क्लबको अक्ष्यक्ष राम गुरुङ, धर्मगुरु कर्मा गुरुङ (लामा) टोलविकास संस्थाका संयोजक लगायतले पुरस्कार वितरण गरे ।
विविध खेलकुदको फाइनल सकिएसँगै कास्कीको माछापुच्छ्रे« गाउँपालिका ८÷९ घलेलमा आयोजित ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ सम्पन्न भएको छ ।

घलेल टोलविकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सह–आयोजनामा ‘आत्मा साक्षी राखी, मन, वचन र कर्मले सेवा गरौं’ भन्ने नारा सहित गत १५ गतेदेखि संचालनमा रहेको उत्सव आइतबार सम्पन्न भएको हो ।

उत्सवले पर्यटन प्रबद्र्धनमा सघाउँछ : ‘जीवन’

 

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेको बरालले उनले बिजेता र उपबिजेता टिमलाई बधाई ज्ञापन गरे । उनले घलेल आफैमा रमणीय पर्यटकिय गाउँ रहेको बताउँदै सो उत्सवले पर्यटन प्रबद्र्धनमा थप सघाउने धारणा राखे ।

बरालले भने, ‘यस क्षेत्रमा रहेको ऐतिहासिक सम्पदाहरुलाई उजागर गर्न स्थानीय तवरबाट पहल भएको छ । नेपालको हितमा वनको नीति बनेको छैन । नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्यलाई ल्वाङ तथा घलेलको होमस्टेले सघाउ पु¥याउन सक्छ । यसका लागि व्यवस्थापकीय पक्षमा ध्यान दिनुहोला ।’

उनले यस क्षेत्रको पर्यटकीय गतिविधि बिस्तार गर्नका लागि राजनैतिक संस्थाहरु समेत एकीकृत भएर लाग्नुपर्नेमा जोड दिए । यसका लागि गण्डकी प्रदेश सभा र आफ्नो सदैव सहयोग गर्न तैयार रहेको उनको भनाई थियो ।

‘रामजीले गाउँको व्यथा र कथा बुझेको छ भनेर मलाई जिताउनु भएको स्मरण छ,’ उनले भने, ‘म सदैब तपाईहरुकै साथमा छु । गाउँ विकास तथा पर्यटन प्रवद्र्धनमा आफ्नो ठाउँबाट सहयोग र पहल गर्न प्रतिबद्ध छु ।’

उत्सव अवधिभर स्थानीय कलाकारहरुद्वारा साँस्कृतिक नृत्य तथा राष्ट्रिय लोकदोहोरी कलाकार गगन गुरुङ, निकिता गुरुङ लगायतको बेजोड प्रस्तुति रहेको थियो । उत्सव संयोजक आईबहादुर गुरुङको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको संचालन दिपकराज ढुङ्गानाले गरेका थिए ।