ह्याण्डबलमा गण्डकी प्रदेशको महिला, पुरुष दुवैतर्फ दोहोरो जित

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता

जनसम्मत
वैशाख ७, २०७६, शनिबार

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबार नेपालगन्जमा भएको पुरुष तथा महिला दुवैतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले दोहोरो जित हात पारेको छ ।

गण्डकी प्रदेशको महिला ह्याण्डबलले शुक्रबार नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको उद्घाटनसहित दुवै खेलमा जित हासिल गरेको छ ।गण्डकी प्रदेशले पुरुषतर्फको एक खेलमा समेत जित हासिल गर्दै समग्रमा दोहोरो जित हात पारेको हो ।
शुक्रबार महिलातर्फको उद्घाटन खेलमा गण्डकी प्रदेशले आयोजक प्रदेश नम्बर ५ लाई २२–४ को फराकिलो गोल अन्तरले जित निकाल्यो । गण्डकीको जितमा योगीता गुरुङले ७ गोलको योगदान गरिन्।

त्यसैगरी, शुक्रबार भएको महिलातर्फकै अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर ३ लाई १५–५ को गोल अन्तरले पराजित ग¥यो । गण्डकीको जितमा योगीता गुरुङले पहिलो खेलमा जस्तै दोश्रो खेलमापनि ७ गोलको योगदान दिइन् ।

८ औं राष्ट्रिय खेलमा राष्ट्रियस्तरको प्रतियोगितामा गण्डकी प्रदेशको टिमबाट पहिलो पटक ५ जना खेलाडीले डेब्यू गरेको प्रशिक्षक बिष्णु गुरुङले बताए । उनका अनुसार डेब्यु गर्ने खेलाडीहरुमा सुकमाया गुरुङ, संगिता राना, महिमा केसी, दिया थापा र कोमली खड्का छन्।
महिलातर्फको दोश्रो खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लवले कर्णाली प्रदेशलाई ५५–४ को बिशाल गोल अन्तरले पराजित ग¥यो । त्रिभुवनको जितमा कविता राईले १९ गोलको योगदान दिइन् । तेश्रो खेलमा सुदुर पश्चिमाञ्चलले प्रदेश नम्बर २ लाई ७–५ को गोल अन्तरले पराजित ग¥यो । सुदुर पश्चिमाञ्चल प्रदेशको जितमा गितान्जली रानाले सर्वाधिक ४ गोल गरिन् ।

चौथो खेलमा विभागिय टोली सशस्त्र प्रहरी वलको एपीएफले प्रदेश नम्बर १ लाई २८–१० को गोल अन्तरले पराजित ग¥यो । एपीएफकी उमा राइले सर्वाधिक १७ गोल गरिन् ।

त्यसैगरी, नेपालगन्जको रंगशाला परिसरमा आयोजना भएको पुरुषतर्फको ह्याण्डवल खेलमा दोस्रो पटक खेलेको गण्डकी प्रदेशले सुदुरपश्चिमाञ्चल प्रदेशलाई ४३–१५ को फराकिलो गोल अन्तरले पराजित ग¥यो ।

बिशाल बस्नेतको कप्तानीमा मैदानमा उत्रिएको गण्डकीको जितमा भने सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोलको योगदान दिए । उक्त खेलमा गण्डकीका गोलरक्षक बिशाल नेपालीसहित सवै खेलाडीले गोल गरेका थिए ।

आठौं राष्ट्रिय खेलमा राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक ५ जना खेलाडीहरु सहभागी भएको प्रशिक्षक बिष्णु शाक्यले बताए । उनका अनुसार शिव खड्का, कदम चालिसे, पवन छन्त्याल, जोनिस पुर्जा र प्रविण गुरुङ रहेका छन् ।

शुक्रवार विहान भएको पुरुषतर्फको अर्को खेलमा त्रिभुवन आर्मी विजयी बनेको छ । आर्मीले कर्णाली प्रदेशलाई ४७–१० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा आर्मीका निर्मल बाबुले सर्वाधिक ११ गोल गर्दा कर्णाली प्रदेशका केशव विष्टले ५ गोल गरे ।

तेश्रो खेलमा प्रदेश नम्बर २ ले प्रदेश नम्बर १ लाई २८–१४ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । विभागीय टोली एपीएफले प्रदेश नम्बर ३ लाई ३९–२३ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । शुक्रबार हुने भनिएको अन्तिम खेल प्रकाश नपुगेका कारण स्थागित भएको अपिसियल विकास खनालले बताए । स्थगित भएको प्रदेश ५ बिरुद्ध प्रदेश ७ बीचको खेल शनिबार हुने भएको नेपाल ह्याण्डबल संघले जनाएको छ ।

पदक तालिकामा आर्मी अग्रस्थानमा

 

जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पदक तालिकाको अग्रस्थानमा छ । आर्मीले ४५ स्वर्णसहित ३१ रजत २७ कास्य गरी १०३ पदक बटुल्न सफल भएको छ ।

पदक तालिकाको दोस्रो स्थानमा अर्को विभागीय क्लब नेपाल पुलिस दोस्रो स्थानमा छ । पुलिसले २२ स्वर्णसहित २० रजत र २१ कास्य गरी ६३ पदक जितेको छ । अर्को विभागीय क्लब सशस्त्रको एपीएफले १७ स्वर्ण १६ रजत २८ कास्य गरी ६१ पदक जितेको छ ।

प्रदेश नं ३ प्रदेशस्तरमा पहिलो र समग्रमा चौथो स्थानमा छ । राजधानी काठमाण्डौंसहितको खेलाडी सम्मिलित प्रदेश नं ५ ले हालसम्म ९ स्वर्ण १५ रजत ३३ कास्य गरी ५७ पदक जितेको छ । गण्डकी प्रदेश पदक तालिकाको पाँचौ स्थानमा यथावत छ । गण्डकी प्रदेशले ६ स्वर्ण ७ रजत र १९ कास्य गरी ३२ पदक जित्न सफल भएको छ ।

प्रदेश नं २ पदक तालिकाको छैटौं स्थानमा छ । उसले ६ स्वर्ण, ६ रजत ५ कास्य गरी १७ पदक जितेको छ । सुदुर पश्चिमाञ्चल प्रदेशले ६ स्वर्ण ५ रजत १४ कास्य गरी २५ पदक जित्दै पदक तालिकाको सातौं स्थानमा छ ।

आयोजक प्रदेश नं ५ ले ४ स्वर्ण १० रजत १४ कास्य गरी ३८ पदक जित्दै पदक तालिकाको आठौं स्थानमा छ । प्रदेश नं १ ले ३ स्वर्ण, ९ रजत २६ कास्य गरी ३८ पदक जित्दै पदक तालिकाको नवौं स्थानमा छ ।

कर्णाली प्रदेशले २ स्वर्ण १ रजत २ कास्य जित्दै पदक तालिकाको दशौं स्थानमा छ । पहिलो पटक सहभागिता जनाएको एनआरएनले १ स्वर्ण ३ कास्य गरी ४ पदकसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।