जनज्योतिलाई क्वीक्स फुटबलको उपाधि

फाइनलमा दुर्गा सेकेण्डरी स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै जन ज्योतिले उपाधि जितेको हो

जनसम्मत
पौष २८, २०७६, सोमबार

पोखरा । जनज्योति पब्लिक स्कुलले राजधानीमा सम्पन्न क्वीक्स कप अन्तर गल्र्स स्कुल फुटबलको उपाधि जितेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको फाइनलमा दुर्गा सेकेण्डरी स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै जन ज्योतिले उपाधि जितेको हो ।
जनज्योतिको जितमा दिक्षा खांड र एलिसा थापामगरले १/१ गोल गरे । दुर्गाका सुनिता बोलानले १ गोल फर्काए । उपाधिसँगै जन ज्योतिले ३ लाख हात पार्दा दुर्गाले १ लाख ५० हजार पुरस्कार पायो ।

महादेव स्कुलले तेस्रो स्थान हासिल ग¥यो । महादेवले ज्वालामुखीलाई १–० ले पराजित गर्दै तेस्रो बनेको हो । महादेवले ७५ हजार र ज्वालामुखीले ५० हजार पुरस्कार पायो ।

प्रतियोगितामा जनज्योतिका बिनिषा सुनुवार उत्कृष्ट गोलकिपर, दिक्षा खांड उत्कृष्ट फरवार्ड र अमृता केसी उत्कृष्ट प्रशिक्षक चुनिए । महादेवका प्रतिक्षा चौधरी उत्कृष्ट डिफेन्डर र दुर्गाकी सुनिता सुनुवार उत्कृष्ट मिडफिल्डर बने ।

उनीहरुले समान ५/५ हजार प्राप्त गरे । प्रतियोगितामा १२ स्कुलले प्रतिस्पर्धा गरेको थियो ।