गण्डकी प्रदेशस्तरीय फुटबलमा ११ जिल्लाको प्रतिस्पर्धा

प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब (स्याङ्जा), भिमाद युथ क्लब( तनहुँ), त्रिवेणी युवा क्लब (लमजुङ), बौद्ध हिमाल क्लब (गोरखा), आदर्श क्लब (कास्की), गैँडाकोट खेलकुद (नवलपुर), डाँफे युवा क्लब (मनाङ), सहित बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका टोलीले समेत प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
माघ १, २०७६, बुधबार

पोखरा । मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

लेखनाथको भण्डारढिक खेल मैदानमा माघको ४ गतेदेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिएका छन् ।

लिग कम नक आउटका आधारमा संचालनमा हुने प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब (स्याङ्जा), भिमाद युथ क्लब( तनहुँ), त्रिवेणी युवा क्लब (लमजुङ), बौद्ध हिमाल क्लब (गोरखा), आदर्श क्लब (कास्की), गैँडाकोट खेलकुद (नवलपुर), डाँफे युवा क्लब (मनाङ), सहित बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका टोलीले समेत प्रतिस्पर्धा गर्ने भएको गुरुङले बताए ।

उनका अनुसार प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका वेष्ट डिफेन्स, वेष्ट गोलकीपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले समान ५/५ हजार पुरस्कार पाउनेछन् । कुल १ करोड १ लाख चर्ख हुने अनुमान गरिएको प्रतियोगितामा गण्डकी प्रदेश सरकारले ४० लाख नगद सहयोग गर्नेछ ।