सर्जियो अगुइरोको इङ्लिस प्रिमियर लिगमा १२ औं ह्याट्रिक

एजेन्सी
माघ १, २०७६, बुधबार

अर्जेन्टिनी तथा म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरोले इङ्लिस प्रिमियर लिगको इतिहाँसमा सबै भन्दा बढि ह्याट्रिक गर्ने खेलाडीका रुपमा कीर्तिमान बनाएका छन् ।

अगुइरोले इङ्लिस प्रिमियर लिगमै ब्यक्तिगत १२ औं ह्याट्रिक पूरा गरेर सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

लिग अन्तर्गत साबिक विजेता म्यानचेस्टर सिटीले एस्टोन भिल्लालाई ६–१ को फराकिलो अन्तरले हराउँदा अगुइरोले ब्यक्तिगत ह्याट्रिक पूरा गरेका थिए । सिटीको जितमा नायक बनेका सर्जियो अगुइरोले खेलको २८, ५७ र ८१ औं मिनेटमा ह्याट्रिका पूरा गरेका हुन् ।

यसअघि, इङ्ल्याण्डकै स्ट्राइकर एलान सियररको नाममा रहेको ११ कीर्तिमानी ह्याट्रिकलाई अगुइरोले रेकर्ड तोडेका छन् । सर्जियो अगुइरो ह्याट्रिकसँगै इङ्लिस प्रिमियर लिगमा सबैभन्दा बढी गोल गर्ने इङ्ल्याण्ड बाहिरका खेलाडी समेत बनेका छन् । अगुइरोले प्रिमियर लिगमै सर्वाधिक १ सय ७७ गोल गरेर कीर्तिमान समेत बनाएका छन् । जुन इङ्लिस खेलाडी फ्राङ्क लाम्पार्डको गोल संख्या बराबर हो ।

सन् २०११ बाट म्यानचेस्टर सिटीमा रहेर व्यावसायिक फुटबल खेल्दै आएका अगुइरोले सिटीबाट २ सय ५५ खेल खेलिसकेका छन् । ३१ वर्षीय अगुइरोले पाँच वर्ष सन २००६ देखि २०११ सम्म स्पेनिस क्लब ला लिगामा बिताएका थिए । उनले त्यहाँ रहँदा कूल १ सय ७५ खेलमा ७४ गोल गर्न सफल बनेका थिए ।

एस्टोन भिल्लाको मैदान भिल्लापार्कमा सिटीले १८ औं मिनेटमा रियाद महारेजको गोलबाट खाता खोलेको थियो । त्यसको ६ मिनेट नबित्दै पुनः उनले नै अग्रता दोब्बर पारे ।

आउट हुन लागेको बललाई स्ट्राइकर अगुइरोले नियन्त्रणमा लिँदै भिल्लाको पेनाल्टी डिबक्समा पास मिलाइदिएका थिए । डेभिड सिल्भाले उक्त बललाई नियन्त्रणमा लिई महारेजलाई पास दिएका थिए । महारेजले उक्त क्रस बललाई सहजै गोलको दिशा दिन सफल बने । त्यस्तै, पहिलो हाफको अन्त्यतिर ग्याब्रिअल जिससले गोल गरेपछि सिटीको लागि पहिलो हाफमै ४–० ले अग्रता बन्यो ।