सेरेना विलियम्सलाई अक्ल्याण्ड टेनिस उपाधि

सेरेनाले अमेरिकाकै जेसिका जेसिका पेगुलामाथि ६–३, ६–४ को सहज जित निकालेकी थिइन्

एजेन्सी
माघ १, २०७६, बुधबार

अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्सले अक्ल्याण्ड क्लासिक टेनिसको उपाधि जितेकी छन् ।

अक्ल्याण्ड क्लासिक टेनिसको उपाधि जितेपछि सेरेनाले दुई वर्षकी छोरी र ट्रफी सहित एक साथ खुशी मनाइन् ।

सेरेना विलियम्सले तीन बर्षपछि उपाधि जितेकी हुन् ।

छोरी जन्मिएपछि उपाधिविहीन बन्दै आएकी ३८ बर्षीया सेरेनाले आइतबार अक्ल्यान्ड क्लासिक टेनिसको उपाधि जितेकी हुन् ।

पूर्व विश्व नं १ टेनिस सुन्दरी सेरेनाले सन् २०१७ पछि पहिलो पटक उपाधिको खडेरीलाई तोडेकी हुन् ।

फाइनलमा उनले अमेरिकाकै जेसिका पेगुलालाई २–० को सोझो सेटमा हराइन् ।

सेरेनाले जेसिकामाथि ६–३, ६–४ को सहज जित निकालेकी थिइन् ।

२३ पटक ग्रान्डस्लाम विजेता सेरेनाको यो ७३ औं डब्लुटीए उपाधि हो ।