सुनिताले पोखरामा एकैपटक चार शिशुलाई जन्म दिइन्

अस्पताल श्रोतका अनुसार पहिलो बच्चा (छोरी) १.६ किलोग्राम, दोस्रो (छोरा) १.३ किलोग्राम, तेस्रो (छोरी) १.३ र चौथो (छोरी) १.४ किलोग्रामका छन्, सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलोग्राम हुनुपपर्दछ

जनसम्मत
माघ २, २०७६, बिहीवार

पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एक युवतीले एकै पटक बिहीबार चम्ल्याहा शिशुलाई जन्म दिएकी छन् ।

स्याङ्जा पुतलीबजारकी सुनिता पौडेल प्रधानले मणिपाल शिक्षण अस्पतालमा १ छोरासहित चार शिशुको जन्म दिएकी हुन् ।

स्याङ्जा पुतलीबजार नगरपालिका वडा १ की २६ वर्षीया सुनिताको शल्यक्रिया मार्फत ति ४ शिशुहरु जन्मिएका हुन् ।

अस्पतालमा कार्यरत डा. महेन्द्र पाण्डे सहित चार जनाको टोलीले सुत्केरीको शल्यक्रिया गरेका थिए ।

अस्पताल श्रोतका अनुसार पहिलो बच्चा (छोरी) १.६ किलोग्राम, दोस्रो (छोरा) १.३ किलोग्राम, तेस्रो (छोरी) १.३ र चौथो (छोरी) १.४ किलोग्रामका छन् ।

सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलोग्राम हुनुपपर्दछ ।

ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखेर स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।