विश्वकै होचा व्यक्ति कीर्तिमानी खगेन्द्र रहेनन्

स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो

जनसम्मत
माघ ३, २०७६, शुक्रबार

पोखरा । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ ।

खगेन्द्रको पोखरास्थित मणिपाल अस्पतालमा शुक्रवार दिउँसो निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिएका छ न् ।

स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । रानाका अनुसार थापालाई मुटु, निमोनिया र दमको रोग देखिएको थियो ।  लाई मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना गरिएको थियो ।

गिनिज बुकमा नाम लेखाउँदा खगेन्द्रको कद ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च उचाई नापिएको छ । अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने श्रेय एडवार्ड निनो हर्ना्न्डिजबाट प्राप्त गरेका थिए ।

खगेन्द्र, नेपालको बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा पिता रूपबहादुर थापामगर र आमा धनमाया थापा मगरका पुत्रका रुपमा १८ असोज २०४९ मा जन्मिएका थिए ।

जन्मदा खगेन्द्र मात्र ६ सय ग्रामका मात्र थिए । अहिले उनको वजन ५.५ किलोग्राम थियो । मे २००८ मा खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलनद्वारा होस्ट गरिएको डकुमेन्ट्री ‘द वल्र्डस स्मलेस्ट म्यान एन्ड मी’ मा देखिएका थिए ।