पोखरा म्याराथनबारे छलफल

प्रदेश सरकार पोखरा म्याराथनसँगै छ : पर्यटन मन्त्री लम्साल

जनसम्मत
माघ ४, २०७६, शनिबार

पोखरा । पोखरामा हुने पोखरा १४ औं संस्करणको अन्तर्राष्ट्रिय पोखरा म्याराथनबारे यहाँ छलफल गरिएको छ ।

भुतपूर्व खेलाडी मञ्च पोखराले शुक्रबार आयोजना गरेको छलफलमा बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरा म्याराथन समृद्धिसँग जोडिएको बताए । उनले गण्डकी प्रदेश सरकार पोखरा म्याराथनको साथमा रहेको प्रष्ट पारे ।

मन्त्री लम्सालले भने, ‘पोखरा म्याराथन पोखराको मात्रै नभई समग्र गण्डकी प्रदेशको समृद्धिसँग जोडिएको एक महत्वपूर्ण खेलकुद कार्यक्रम हो । प्रदेश सरकार अहिले यस्ता खेलकुदका कार्यक्रमहरुलाई आयोजना गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडी बढेको छ । पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकार संधै यहाँहरुको साथमा छ ।’

विश्वमा खेलकुदलाई जोडेर बिकासका आधारहरु अगाडि बढेको बताउँदै मन्त्री लम्सालले पोखरा म्याराथनलाई निरन्तरता दिन सके भोलिका पिंढीहरुलाई समेत खाका कोर्न सहयोग पुग्ने उल्लेख गरे ।

पोखराको रंगशाला संरक्षण भुमिका खेल्न साथै पोखरालाई खेलकुदका माध्यमबाट चिनाउन कार्य गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै सबैले आशा गरेअनुसार मन्त्रालयले बजेटका कारण गर्न नसकेको उनले स्वीकारे । मन्त्री लम्सालले म्याराथन पोखरा र गण्डकी प्रदेशको परिचयसँग जोडिएको हुँदा यसलाई भव्य रुपमा साथ र सहयोग गर्न सबैलाई आग्रह गरे ।

छलफलमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अब हुने म्याराथनबारे प्रकाश पार्दै म्याराथनले पोखराको पर्यटन प्रबद्र्धनमा ठूलो भूमिका खेलेको बताए । उनले थपे, ‘पोखरा म्याराथनल शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो भुमिका खेलिरहेको ।’

आगामी फागुनको ३ गते हुने १४ औं सस्करणको पोखरा म्याराथनलाई ‘वल्र्डपिस रन’का धेरै सदस्यहरुले शान्तिका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढिको सहभागिता रहनेछन् ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा समेत वृद्धि गरिएको छ । जसमा यस पटक ४२.१९५ किमिको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने मञ्चले जनाएको छ । त्यसैगरि, दोश्रोलाई १ लाख र तेश्रोलाई ७५ हजार, चौथोलाई १५ हजार प्रदान गरिनेछ ।

पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिला–पुरुषतर्फ पहिलोले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउनेछन् । त्यस्तै ५ किलोमिटर छात्रछात्रा पहिलोले १० हजार, ५ हजार र ४ हजार पुरस्कार पाउनेछन् ।

निरन्तरतादिइएकोछ । महिला तथा पुरुष ह्विलचियर र दृष्टीबिहीन दौडमा पहिलोले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पुरस्कार पाउनेछ ।

तस्बिर : सुदर्शन रन्जित