अमन स्मृति कपको सेमिफाइनल समिकरण पूरा

गार्डेन एफसी, सँगम क्लब आयोजक सेतो र एलजी एशोसिएसन प्रतियोगिता अन्तर्गत अन्तिम चारमा प्रवेश गरेको छ

जनसम्मत
माघ ४, २०७६, शनिबार

पोखरा । भ्याली स्पोर्ट्स क्लब रामबजारको आयोजनामा जारी तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

प्रतियोगिता अन्तर्गत अन्तिम चारमा गार्डेन एफसी, सँगम क्लब आयोजक सेतो र एलजी एशोसिएसन प्रवेश गरेको छ ।

पोखरा महानगरपालिका–१५ कोलपाटनको रेम्बो एकेडेमी होम्स्को खेल मैदानमा शुक्रबार भएको क्वाटरफाइनलका खेलबाट जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।

पहिलो क्वाटरफाइनलको खेलमा गार्डेन एफसीले बुद्धटोल युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गार्डेन अन्तिम चारमा प्रवेश ग¥यो । गार्डेनको जितका लागि ‘म्यान अफ दी म्याच’ बनेका मुकेश श्रेष्ठले १८ औं मिनेटमा निर्णायक गोलको योगदान दिए । बुद्धटोलले खेल अवधिभर पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरियो ।

दोस्रो खेलमा संगम क्लबले आयोजक पहेँलोलाई २–० गोल अन्तरले हराउदै सेमिफाइनलको यात्रा तय ग¥यो । संगमको जितमा सुमित श्रेष्ठले २८ औं मिनेटमा र टंकप्रसाद गुरुङले ३८ औं मिनेटमा समान १÷१ गोल गरे । उक्त खेलबाट ‘म्यान अफ दी म्याच’का रुपमा सुमित श्रेष्ठ पुरस्कृत भए । तेस्रो क्वाटरफाइनल खेलमा आयोजक टिम सेतोले युनाइटेड क्लबमाथि ६–१ को फराकिलो जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित ग¥यो ।

आयोजकको जितमा टिम कप्तान समेत रहेका अजय श्रेष्ठले पहिलो गोल १२ औं मिनेटमा र अर्काे गोल ३४ औं मिनेटमा गरे । त्यस्तै, दिनेश राजबंशीले ३१ औं मिनेटमा १ गोलको योगदान दिए । सुनिल गोतामेले खेलको ११, ३९ र ४० औं मिनेटमा ३ गोल गर्दै ह्याट्रिक पूरा गरे । सो खेलबाट आयोजकका टिम कप्तान अजय श्रेष्ठ ‘म्यान अफ दी म्याच’को हकदार बने ।

यसअघि खेलको १५ औं मिनेटमा युनाईटडका अभिषेक श्रेष्ठले सान्त्वना १ गोल फर्काएका थिए । एलजी एशोसियसन र तारा एफसीबीच भएको अन्तिम क्वाटरफाइनल खेल निर्धारित समयमा गोलरहित भएपछि ट्राइबेकरमा एलजीले २–१ गोलले जित निकाल्यो ।

उक्त खेलबाट एलजीका गोलरक्षक आकाश रानाभाट ‘म्यान अफ दी म्याच’बाट पुरष्कृत बने । प्रतियोगिताको सेमिफाइनल खेल शनिबार बिहान र फाइनल खेल दिउँसो १ बजे हुने प्रतियोगिता संयोजक विश्व तण्डुकरले जानकारी दिएका छन् ।