राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा नेपाली

नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ

जनसम्मत
माघ ५, २०७६, आइतबार

पोखरा ।  राष्ट्रिय दलित पत्रकार संघ कास्कीको प्रथम जिल्ला सम्मेलनले रामशरण नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतीमा गठन गरेको छ ।

उपाध्यक्षमा शुरेस सुनार, सचिव अर्जुन परियार, सहसचिव विजय नेपाली, कोषाध्यक्ष बिन्दु परियार, सदस्यहरुमा गणेश रामदाम, प्रतिक सुनार, प्रकाश रसाईली, टोप ब. बिक, बिनिता परियार, याम बि.क, किशोर परियार, मुना सुनार, नन्दिता सुनार, आशा सुनार, उत्तम सुनार र अनिल विश्वकर्मा चयन भएका छन ।

सम्मेलनले कार्यसमितिको सल्लाहकारमा अमृत सुर्वणकार, सञ्जु सुनार र नरमाया रसाईली छन् भने निकट भविष्यमा हुने गण्डकी प्रदेश सम्मेलनका लागी सुर्य परियार, लक्ष्मी सुनार, सुरेनकुमार नेपाली ‘सुरेन’, र सन्तोष परियारलाई प्रतिनिधि चयन गरेको छ ।

सम्मेलन उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विभेद बिरुद्ध गैरदलितहरु जुटेको बेला दलित समुदाय आत्मबलका साथ अघि बढ्नुपर्ने सुझाव दिए ।

अधिकारीले दलित उत्पीडितहरुका लागि भनिएको लक्षित विकास कार्यक्रमहरु अत्यन्तै कमजोर र निमुखा दलितहरुका लागि लगानी गर्न सके मात्र प्रतिफल राम्रो हुने टिप्पणी गरे ।

नवगठित कार्यसमितिले राज्यको पहुँचबाट पछाडि र पिँधमा परेका दलित समुदायका मुद्दाहरु मिडियाको मूल प्रवाहमा ल्याउने, दलित पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिने बताइएको छ ।