आयोजक त्रिशक्तिद्वारा गण्डकी प्रदेशस्तरीय फुटबल उपाधि रक्षा

आइतबार भएको फाइनल खेलमा गैडाकोट खेलकुद विकास समितिलाई २–१ गोलले हराउँदै आयोजक त्रिशक्तिले उपाधि रक्षा गरेको हो

जनसम्मत
माघ ५, २०७६, आइतबार

पोखरा । आयोजक माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लव लाहाचोकले गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा गैडाकोट खेलकुद विकास समितिलाई २–१ गोलले हराउँदै आयोजक त्रिशक्तिले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै, विजेता त्रिशक्तिले १ लाख ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै, उपविजेता ७७ हजार, ७ सय ७७ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, क्लबका अध्यक्ष तथा पदाधिकारी लगायतले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

आयोजक त्रिशक्तिको जितमा रोहन थापा र अजित गुरुङले गोल गरेका थिए । गैंडाकोटको तर्फबाट राम थापाले एक मात्र गोल गरे । फाइनल खेलमा त्रिशक्तिका अजित गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित भए ।

गैडाकोटले आइतबार नै भएको अन्तिम सेमिफाइनल खेलमा होराइजन युवा क्लब स्याङ्जालाई १–० को कठिन जित निकाल्दै आयोजक माछापुच्छ«े त्रिशक्तिसँगको फाइनल भेट पक्का गरेको थियो ।

प्रतियोगिताको उत्कृष्ठ गोलरक्षकमा माछापुच्छे« त्रिशक्तिका सुजन नेपाली, डिफेन्डरमा माछापुच्छ«े त्रिशक्तिकै अन्जन देबकोटा, मिडफिल्डरमा गैंडाकोटका राम थापा, स्ट्राइकरमा कुशलप्रताप गुरुङ, उत्कृष्ठ खेलाडी अमृत गुरुङ र सर्वाधिक गोलकर्तामा होराइजन युवा क्लबका बिक्रम कुवँर भए । तनहुँको भिमाद युथ क्लब अनुशासित टिम घोषित भयो ।

समापन समारोहलाई सम्बोदन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उधोग पर्यटन बन तथा बातावरण मन्त्रि बिकास लम्साले खेलाडीलाई धन्यवाद दिए । मन्त्री लम्सालले खेलको साथै माछापुच्छे« गाउँपालिकाको संभावित पर्यटकीय क्षेत्रको बिकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

क्लबका अध्यक्ष निरज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक राजिन्द्र गौतमले धन्यवाद ज्ञापन र क्लब अनुशासन तथा ब्यबस्थापन समितिका संयोजक पानबहादुर जिसीले सचालन गरेका थिए ।