सहारालाई एनआरएन युकेका सल्लाहकार मोहन गुरुङको सहयोग

तनहुँ जिल्लाको खैरेनीस्थित स्थायी घर भई हाल वेलायत बस्दै आएका गुरुङले सहारा एकेडेमीमै पुगेर ५० हजार रुपैयाँ सहयोग गरेका हुन्

जनसम्मत
माघ ७, २०७६, मंगलवार

पोखर। एनआरएन युकेका सल्लाहकार मोहन गुरुङले पोखराको सहारा क्लवलाई आर्थिक सहयोग गरेका छन् ।

तनहुँ जिल्लाको खैरेनीस्थित स्थायी घर भई हाल वेलायत बस्दै आएका गुरुङले सहारा एकेडेमीमै पुगेर ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । गुरुङले सहारा फुटवल एकेडेमीको अवलोकन समेत गरे ।

पोखरा–१७, दोभिल्लास्थित सहारा क्लवले संचालन गरेको एकेडेमीमा एक समारोहबीच क्लवका अध्यक्ष केशवबहादुर थापालाई चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा क्लवका अध्यक्ष थापा, पुर्व अध्यक्ष विक्रम थकाली र विरभद्र आचार्यलगायतले सोलार उर्जा व्यावसायी युकेबाट पोखरा आएका एलएन पाण्डे, एनआरएन युकेका सल्लाहकार मुछेत्र गुरुङसहितको टोलीलाई स्वागत गरेका थिए । सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु रहेका छन् ।

यसैबीच, आउँदो फागुनको तेश्रो सातादेखि आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता पोखरामा हुने भएको छ । उक्त फुटवल प्रतियोगिताबाट बचत हुन आउने रकम क्लवले सहारा फुटवल एकेडेमीमा खर्चिदै आएको छ ।