हिमालयन चितुवा अविरल किक बक्सिङ च्याम्पियन

अविरलले उपस्थित सयौं जापानी नागरिकहरूलाई नेपाल भ्रमणको निम्तो दिँदै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार समेत गरे

एजेन्सी
माघ ७, २०७६, मंगलवार

अविरल घिमिरेले टोकियोमा भएको हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका छन् ।

टोकियोस्थित नागोयामा भएको भिडन्तमा जापानी च्याम्पियन मुक्केवाजलाई पहिलो राउण्डमै ढाल्न सफल भएका थिए ।

विपक्षी जापानी खेलाडीमाथि मैदानमा ढालेर पहिलो नकआउट हानेका हुन् । हिमालयन चितुवाका नामले परिचित नेपाली किक बक्सिङका खेलाडी २१ वर्षीय अविरल हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर समेत हुन् ।

जापानको नागोया शहरमा रहेर व्यावसायिक किक बक्सिङ खेल्दै आएका अविरलले जापानमा नेपालको प्रतिनिधित्व गर्दै १२ खेलमा जित हासिल गरिसकेका छन् । उनले हालसम्म ७ नकआउट र ५ मा समान जित हासिल गरेका छन् ।

उनले पछिल्लो जितसँगै रिङभित्रबाटै नेपाली झण्डा फकराएर खुशी मनाए । अविरलले उपस्थित सयौं जापानी नागरिकहरूलाई नेपाल भ्रमणको निम्तो दिँदै नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार समेत गरे ।

पछिल्लो समय किक बक्सिङगमा निरन्तर जित हात पार्दै आएका छन् । अविरलले आफ्नो जितको उपाधि पिता तथा प्रशिक्षक देव घिमिरे र नेपाली समर्थकलाई दिएका छन् ।