पोखरालाई थ्री बाई थ्री वेष्ट नेपाल बास्केटबल उपाधि

बास्केटबल संघले टाइम्स कलेज धनगढीलाई २१–१४ ले हराउँदै उपाधिसहित ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायोे

जनसम्मत
माघ ११, २०७६, शनिबार

पोखरा । कास्की जिल्ला बास्केटबल संघले पोखरामा सम्पन्न लि निङ थ्री बाई थ्री वेष्ट नेपाल बास्केटबलको उपाधि जितेको छ ।

कास्की जिल्ला बास्केटबल संघले टाइम्स कलेज धनगढीलाई २१–१४ ले हराउँदै उपाधिसहित ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पा¥यो । उपविजेता धनगढीले २५ हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार पायोे । विजेता टिम पोखराका सोनम गर्बुजा पुन उत्कृष्ट खेलाडी बने । सोनमले लि निङ कम्पनीको एक जोर जुत्ता पुरस्कार पाए ।

कास्की जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्की, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङ र संघका सल्लाहकार नारायण शर्मा लगायतले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण ग¥यो ।