सहारा क्लब सल्लाहकार परिषद्का सदस्यहरुलाई प्रमाणपत्र वितरण

क्लबको नयाँ कार्यसमितिको गत पुस ४ मा बसेको नियमित बैठकले सल्लाहकार परिषद् सभापतिमा वीरभद्र आचार्यलाई चयन गरेको थियो

जनसम्मत
माघ १४, २०७६, मंगलवार

पोखरा । सहारा क्लब पोखराले क्लबको सल्लाहकार परिषद्मा चयन सभापति एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

आहा रारा गोल्डकपको १८ औं संस्करणको तयारीका लागि आइतबार बसेको संयुक्त बैठकबीच उनीहरुलाई प्रमाणपत्र सहित परिचयपत्र वितरण गरेको हो । क्लबको नयाँ कार्यसमितिको गत पुस ४ मा बसेको नियमित बैठकले सल्लाहकार परिषद् सभापतिमा वीरभद्र आचार्यलाई चयन गरेको थियो ।

यस्तै, सदस्यमा पत्रकार नारायण कार्की, शम्भु कार्की, गणेशबहादुर भट्टराई, मुक्षेत्र गुरुङ, तेजबहादुर गुरुङ, टीकाबहादुर कार्की, डा. रवीन्द्र श्रेष्ठ, अधिवक्ता केशवराज बराल र सुनील गुरुङ चयन भएका थिए ।

पदेन सदस्यहरुमा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष र पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिका संचालक समिति अध्यक्ष रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीबाट प्रमाणपत्र, पूर्व अध्यक्ष विक्रम थकालीबाट परिचयपत्र वितरण गर्नुका साथै क्लब अध्यक्ष केशवबहादुर थापाबाट खादा लगाइएको थियो । क्लबले फागुन २२ देखि चैतको १ गतेसम्म पोखरामा १८ औं आहा रारा गोल्डकप प्रतियोगिता गर्दैछ ।