गण्डकी मल्टीपल बास्केटबल च्याम्पियन

गण्डकी मल्टीपल कलेजले बालबिद्या मन्दिरलाई ३२–१३ को फरक अन्तरले हराउँदै च्याम्पियन बनेको हो

जनसम्मत
माघ २१, २०७६, मंगलवार

तनहुँ । गण्डकी मल्टीपल अन्तर क्याम्पस बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भानुभक्त बहुमुखी क्याम्पसको आयोजनामा भानुभक्त बहुमुखी क्याम्पस, शुक्लागण्डकी नगरपालिका वडा नं. ५ मा भएको प्रतियोगितामा गण्डकी मल्टीपल कलेज च्याम्पियन बन्न सफल भएको हो ।

प्रतियोगिताको फाइनल खेलमा गण्डकी मल्टीपल कलेजले बालबिद्या मन्दिरलाई ३२–१३ को फरक अन्तरले हराउँदै च्याम्पियन बनेको हो । बास्केटबल च्याम्पियन गण्डकी मल्टीपलले ५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता बनेको बालबिद्या मन्दिरले २ हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गरेको थियो ।