आइसीसीको टी–२० वरीयतामा नेपाल १२ औं स्थानमै

यसअघि पनि नेपाल १२ औँ स्थानमै थियो, आइसीसीको टी–२० मा नेपाल ११ औँ स्थानसम्म पुगेको थियो

जनसम्मत
माघ २१, २०७६, मंगलवार

पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० विश्व वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ ।

आइसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२ औँ स्थानमै यथावत रहेको छ । यसअघि पनि नेपाल १२ औँ स्थानमै थियो ।

आइसीसीको टी–२० मा नेपाल ११ औँ स्थानसम्म पुगेको छ । टी–२० को विश्व वरीयतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

टी–२० को खेलाडी वरीयताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा छन् । यसअघि पारस ६० औँ स्थानमा थिए । यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५ औँ स्थानमा छन् । यसअघि उनी ८३ औँ स्थानमा थिए । अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा, सोमपाल कामी ६५ औँ स्थान र करण केसी ७५ औँ स्थानमा छन् ।