नोभाक जोकोभिचलाई अष्ट्रेलियन ओपन टेनिसको उपाधि

फाइनलमा जोकोभिचले पाँचौ वरीयताका अष्ट्रियाका डोमिनिक थिमलाई ३–२ को सेटमा पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन्

एजेन्सी
माघ २१, २०७६, मंगलवार

दोस्रो वरीयाताका सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।

अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा जोकोभिचले पाँचौ वरीयताका अष्ट्रियाका डोमिनिक थिमलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेटमा जोकोभिचले २६ वर्षीय थिमलाई ६–४ ले पछि पारेका थिए । दोस्रो र तेस्रो सेटमा ४–६ र २–६ ले पछि परेको जोकोभिचले उत्कृष्ट पूनरागमन गर्दै च्याम्पियन बन्न सफल भए । ३२ वर्षीय जोकोभिचले चौथो सेट ६–३ र पाँचौ सेट ६–४ ले आफ्नो पक्षमा पारे ।

यससँगै जोकोभिचले आठौंपटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएका छन् । उनको यो करियरको १७ औं ग्राण्डस्लाम उपाधि हो ।

तस्बीर : एसआई डट कम